अबको मन्त्रिमण्डलमा महिलालाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री कार्की « Khabarhub

अबको मन्त्रिमण्डलमा महिलालाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री कार्की


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिनलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले अबको मन्त्रिमण्डल विस्तारमा महिलालाई प्राथमिकता दिइने बताएकी छिन् । 

उनले भनिन्, ‘पहिले पनि मन्त्री बनाउन महिलालाई प्राथमिकता दिइएको हो । तर महिला खोज्दा क्रमिक रुपमा पुरुष नै भेटिन्छ । अबको मन्त्रिमण्डलमा महिलालाई प्राथमिकता दिइन्छ । उनीहरूलाई अग्रणी दिइन्छ ।’

लैङगिक हिंसा विरुद्धको अभियान समाजमा चेतना जगाउने दिवस प्रतीक भएको प्रधानमन्त्री कार्कीको भनाइ छ । ‘यो १६ दिनमा कम्तिमा एउटा कुरा परिवर्तन गरौँ न । मुलुकको अवस्था हेरेर मितव्ययिता भएर काम गर्नुपर्छ । सकारात्मक सोच बनाउने प्रतिबद्धता हो ।

त्यसैगरी प्रधानमन्त्रीले नेपालमा महिलाको लागि बनेको कानुन कार्यान्वयनमा आउन नसकेको बताइन् । 

भन्छिन्, ‘महिलाले उजुरी गर्यो भने पावरफूल मान्छेका कुरा सुनेर न्याय गर्ने संस्कार छ । महिलामाथि हुने हिंसाले मानसिक चोट ल्याउँछ । त्यसले डिप्रेसन ल्याउँछ । त्यसले परिवारै समाप्त पार्छ । हिंसाको अन्त्य गर्न समाजलाई जगाउनु पर्छ । महिलाको पनि मानव अधिकार छ भन्ने बुझ्नुपर्छ । सासू र बुहारीबीचमा बेमेल छ । महिला र पुरुष नमिली परिवार र समाज बन्दैन ।’

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १२ : ३५ बजे

ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

‘जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्य आवश्यक’

काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित

१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४

रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु

मस्को- रुसमा ४५० सदस्यीय तल्लो सदन ‘स्टेट डुमा’ चयनका लागि शुक्रबारदेखि