मुकेश अम्बानीबारे ७ रोचक तथ्य | Khabarhub Khabarhub

मुकेश अम्बानीबारे ७ रोचक तथ्य


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय चर्चित उद्योगपति मुकेश अम्बानी चर्चित पत्रिका फोब्र्सको विश्वका सर्वाधिक धनी व्यक्तिमा बर्षेनी अटाउने गर्छन् ।

भारतको बहुराष्ट्रिय कम्पनी रिलायन्सका निर्देशक अम्बानीको पढाइ, प्रेमजीवन, निजी महलबारे केही तथ्य

१. घरमै अध्ययन

अम्बानीको बाल्यकाल सामान्य थियो । उनले घरमै अध्ययन गरेका थिए । ‘मेरो अध्ययन घरमै भएको थियो,’ अम्बानी भन्छन् । मुकेश पिता छोराको शैक्षिक र बौद्धिक  विकासबारे चासो देखाउँथे  ।

सन् १९६० मा अम्बानीका पिताले शिक्षकका लागि एक पत्रिकामा विज्ञापन नै आह्वान  गरेका थिए । शिक्षकले अम्बानीलाई बौद्धिक परीक्षण र सामान्य ज्ञान  पढाउनुपथ्र्यो । बाबुले  घेरै शिक्षकको अन्तर्वार्ता लिए, अन्तमा भारतकै एक विद्यालयमा अध्यापन गर्ने महेन्द्रभाइ छनोटमा परे  । ‘

महेन्द्रभाइ हरेक साँझ आउने गर्थे र हामीसँग साढे ६ बजेदेखि ८ बजेसम्म बस्ने गर्थे । शिक्षकले विभिन्न विषयको ज्ञान दिलाउँथे,’ अम्बानी भन्छन् । महेन्द्रभाइसँग दुई घन्टा निकै रमाइलो हुने गरेको अम्बानी बताउँछन् ।

कहिलेकाहीँ उनका पिताले महेन्द्रभाइलाई व्यापारका कुरा सुनाउँथे । सोही वेलादेखि नै अम्बानीमा रिलायन्सप्रति मोह बढेको थियो अम्बानीले पितालाई आफ्नो आदर्श व्यक्ति मान्छन् ।

पिताको प्रभाव आफूमा पनि परेको उनी बताउँछन् । पिताले हरेक आइतबार आफ्नो परिवारका लागि छुट्याउने गर्थे । त्यसैको प्रभावले होला अम्बानी पनि  हरेक आइतबार आफ्नो परिवारसँग बिताउँछन् .

२. केमिकल इन्जिनियरिङ

अम्बानीलाई सानैदेखि प्राविधिक विषयप्रति सोख  थियो । विद्यालयस्तरको शिक्षापछि आइएस्सी सकेर केमिकल इन्जिनियर पढे ।

सन् १९७० को दशकमा भारतमा टेक्सटाइल ब्रान्डको लोकप्रियता बढेको थियो । तसर्थ, परिवारले उनी टेक्सटाइल इन्जिनियर बनोस् भन्ने चाहन्थ्यो  । तर, उनी केमिकल इन्जिनियर बने ।

‘मेरो निर्णयले परिवार नै आश्चर्य प¥योे,’ उनी भन्छन्, ‘केमिकल रिलायन्सको  भविष्य देखेर मैले केमिकल इन्जिनियरिङ गरेको हुँ।’ अम्बानी केमिकल इन्जिनियरिङ अध्ययन गर्दा पनि उनी रिलायन्समा पूर्ण रूपमा आबद्ध थिए ।

३. भेट भएको दुई महिनामै प्रेम विवाह

प्रेमिका नीतालाई भेटेको डेढ महिनामा नै उनले विवाह प्रस्ताव गरेका थिए । ‘मैले उनलाई नोभेम्बरमा भेटेँ र डिसेम्बरमा प्रस्ताव गरेँ । सो घटना बिर्सनै सक्दिनँ,’ नाटकीय शैलीमा सन् १९८४ को डिसेम्बरमा गरेको प्रेम प्रस्ताबबारे मुकेश भन्छन्, ‘म उनको स्वाभाविक र नम्र बानीबाट प्रभावित भएँ ।’

मुकेश अम्बानीमा तीव्र सोच्न सक्ने क्षमता नभएको भए उनले नीतालाई त्यति छिटो विवाह प्रस्ताव गर्ने थिएनन् ।  नीताको सौन्दर्यले भुतुक्कै भएका थिए मुकेश । छैटौँ भेटमा उनले विवाह प्रस्ताव गरेका थिए । ‘म कुनै हालतमा विवाह गर्ने पक्षमा थिएँ,’ अम्बानी भन्छन् । नीताको हात अरू कसैले लैजान्छ कि भन्ने उनको चिन्ता थियो ।

‘मन परेको मानिसलाई टाढा भएको कसले देख्न चाहन्छ र ?’ अम्बानी  भन्छन् । ‘मैले स्नातक सकेर विवाह गरौँला भनेकी थिए, तर अकस्मात् अम्बानीले मलाई फिल्मी शैलीमा विवाह प्रस्ताव गरे,’ पत्नी नीता स्मरण गर्छिन् । तर, उनलाई अहिले मुकेशकी पत्नी भएकोमा गौरव छ

४. पत्नीप्रति अनौठो लगाव

एक दिन मुकेश र उनकी पत्नी नीता आफ्नो निजी बोइङ बिजनेस जेट २ विमानमा यात्रा गरिरहेका थिए । यात्राका क्रममा मौसममा अचानक खराबी आयो ।  विमान ढलपलाउन थाल्यो । सो वेला अम्बानी जोडी डिनर गर्दै थियो । तर, विमान यस्तो हल्लियो कि नीताले खाना खाँदै गरेको प्लेट उनको हातबाट झरेर उनको बहुमूल्य लुगामा लतपतिन पुगेछ ।

यो अवस्था देखेर नीता दुःखी भइन् ।  तर, भारतकै धनाढ्यले पत्नी दुःखी भएको के देख्न सक्थे ? उनले प्लेट बनाउने अन्तर्राष्ट्रिय कम्पनीलाई विमान ढलपल गर्दा पनि नपोखिने खालको प्लेट निर्माण गर्न फोनबाटै निर्देशन दिए  । अम्बानीकै निर्देशनमा सो कम्पनीले विमानभित्र ढलपल गर्दा वा हल्लाउँदा पनि नपोखिने प्लेट निर्माण गरेको छ

५. बर्थडेमा जेट विमान गिफ्ट

अम्बानी परिवारलाई असामान्य महत्व दिन्छन् । परिवारका लागि मनोरञ्जन गर्न हरेक आइतबार समय छुट्याउँछन् । उनलाई  जन्मदिन मनाउन कुनै रुचि छैन । तर, पत्नीले वा परिवारका सदस्यले जन्म दिन मनाउँदा उनलाई खासै आपत्ति छैन । उनले जीवनमा एकपटक मात्र जन्मदिन मनाएका छन् । त्यो पनि पचास वर्षको उमेरमा ।

श्रीमतीको एक जन्मदिनको अवसरमा अम्बानीले ६२ मिलियन डलर पर्ने जेट विमान उपहार दिएका थिए । ४४औँ जन्मदिनका अवसरमा श्रीमतीलाई दिएको सो जेट विमानमा अत्याधुनिक कार्यालय, स्याटलाइट टेलिभिजन, वाइफाइको पहुँचलगायत अन्य अत्याधुनिक सुविधा छन् । विश्वकै खर्बपति अम्बानीलाई गहना लगाउन खासै सोख छैन

६. गगनचुम्बी महल
अम्बानीको २७ तले महलको सर्वत्र चर्चा हुने गर्छ । २ अर्ब अमेरिकी डलर मूल्य बराबरको उनको सो महलमा एउटा बलरुम, तीनवटा हेलिप्याड र एउटा स्विमिङ पुल रहेको छ । यो विश्वकै सर्वाधिक महँगो निजी आवास हो ।

एउटा पौराणिक टापु एन्टिलिअ नाम दिइएको सो भवन मुम्बईस्थित प्रमुख व्यापारिक केन्द्रमा पर्छ । सो आवासमा १ सय ६८ वटा कार अट्ने एउटा ग्यारेज, एउटा स्वतन्त्र हेल्थ क्लब, सिनेमाहल छन् । ४ लाख स्क्वायरफिट क्षेत्रफलमा फैलिएको घरको हेरचाहका लागि मात्र ६ सयजना कर्मचारी छन् महलका हरेक तलामा ढोकाबाहिर बगैँचा छ । महललाई लिएर विभन्न आलोचनासमेत गरेको पाइन्छ ।

खासगरी लाखौँ चरम गरिबीको चपेटामा रहेको सो सहरमा अम्बानी महल आफैँमा व्यंग्य भएको विरोधीको भनाइ छ । सन् २००५ मा निर्माणकार्य सुरु गरिएको सो भवनको निर्माण सन् २०१० मा सम्पन्न भएको थियो । स्टर्लिङ इन्जिनियरिङ कन्सल्टेन्सीले निर्माण गरेको भवनमा नौवटा लिफ्ट छन् ।

७. बहुआयामिक पहिचान

अम्बानीको बहुआयामिक पहिचान छ । उनी  भारतीय बहुराष्ट्रिय कम्पनी रिलायन्स इन्डिस्ट्रिज लिमिटेड (आरआइएल) का  निर्देशक हुन् ।

मुम्बईमा कार्यालय रहेको आरआइएलमा उनको ४४ दशमलव ७ प्रतिशत लगानी  छ ।  उनी फोब्र्स पत्रिकाको विश्वका धनाढ्य व्यक्तिको सूचीमा वर्षेनी पर्छन् ।  उनी इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट बेंग्लोरका अध्यक्ष हुन् ।

सन् १९८१ मा रेलियन्समा आबद्ध  अम्बानीले रेलियन्सइन्डस्ट्रिजलाई सफलताको शिखरमा पुर्‍याउन निकै मिहिनेत गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १० : ५१ बजे

क्यानडाको श्रम बजार सुस्त, बेरोजगारी दरमा निरन्तर वृद्धि

ओटावा– क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अंकले वृद्धि

यी हुन् भारतीय कारवाहीमा मारिएका पाँच ‘वरिष्ठ’ आतंककारी, अन्त्येष्टिमा पाकिस्तानी सैनिक पनि उपस्थित

काठमाडौं- पाकिस्तानमा गरेको सैन्य कारवाहीका क्रममा ५ जना वरिष्ठ आतंककारी

वन क्षेत्रको संरक्षण बढाएका छौँ, सालघारी फँडानी रोकिने छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको

‘जलवायु संकट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने’

पाटन– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर संकट

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए शपथ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद