प्रधानमन्त्रीलाई मिराजको चेतावनी : जेन-जी युवाहरूको भावनाविपरीत चल्ने छुट सरकारलाई छैन « Khabarhub

प्रधानमन्त्रीलाई मिराजको चेतावनी : जेन-जी युवाहरूको भावनाविपरीत चल्ने छुट सरकारलाई छैन


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन पुगेका जेन-जी अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ ।

प्रधानमन्त्री कार्यालयको अनुमतिबिना सिंहदरबार प्रवेश गर्न लागेका मिराजसहितका युवाहरूलाई प्रहरीले दक्षिण गेटमा रोकेर लखेटेको हो ।

आफूहरू जसरी पनि सिंहदरबार छिर्न पाउनुपर्ने भन्दै युवाहरूले प्रदर्शन गर्न खोजेपछि प्रहरीले लखेटेर हनुमानस्थान पुल कटाएको हो ।

त्यसपछि उनीहरू हनुमानस्थाननजिक धर्नामा बसे । त्यस क्रममा जेन-जी अभियान्ता मिराज ढुंगानाले प्रधानमन्त्री कार्कीसँग भेट्न पटक पटक समय माग्दा पनि नपाएपछि आफूहरू पस्न खोजेको बताए ।

जेन-जी युवाहरूको मागलाई बेवास्ता गर्दै सरकार निर्वाचनमा मात्रै केन्द्रित भएकोबारे आफूहरूले प्रधानमन्त्रीलाई अवगत गराउन खोजेको उनले बताए ।

उनले युवाहरूलाई स्वदेशमै गरिखान दिने वातावरण बनाउनुपर्ने र यसका लागि स्थिर सरकार आवश्यक रहेको धारणा राखे ।

उनले प्रधानमन्त्रीलाई जेन-जी युवाहरूको भावनाविपरीत चल्ने छुट नभएको चेतावनी पनि दिए ।

उनले अबको निर्वाचनमा सरकारले पुरानै राजनीतिक दलहरूलाई प्राथमिकता दिन खोजेको बताए । यदि पुरानै दलहरू फेरि फर्किए आफूहरूको माग पूरा हुन नसक्नेतर्फ उनले सरकारलाई सचेत पनि गराएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  २ : ५२ बजे

ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

‘जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्य आवश्यक’

काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित

१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४

रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु

मस्को- रुसमा ४५० सदस्यीय तल्लो सदन ‘स्टेट डुमा’ चयनका लागि शुक्रबारदेखि