इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा नयाँ आतंकवाद विरोधी अपरेसन सुरु « Khabarhub

इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा नयाँ आतंकवाद विरोधी अपरेसन सुरु


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजरायली सेनाले बुधबार कब्जा गरिएको वेस्ट बैंकको उत्तर क्षेत्रमा नयाँ ‘आतंकवाद विरोधी’ अपरेसन सुरु गरेको घोषणा गरेको छ । 

सेनाले जारी गरेको संयुक्त विज्ञप्तिमा सो कारबाहीलाई ‘उत्तरी सामरिया’ भनिने क्षेत्रमा सञ्चालन गरिएको व्यापक सुरक्षात्मक पहलको एक महत्त्वपूर्ण हिस्सा रहेको उल्लेख गरिएको छ ।

सैन्य अधिकारीहरू तथा आन्तरिक सुरक्षा सेवाबाट जारी गरिएको उक्त विज्ञप्तिमा वेस्ट बैंकका केही भागका लागि प्रयोग हुने बाइबलीय शब्दसमेत उल्लेख गर्दै कारबाही औपचारिक रूपमा प्रारम्भ भएको पुष्टि गरिएको छ । 

इजरायली सेनाले यो अपरेसन पूर्णतः नयाँ रहेको र सन् २०२५ जनवरीमा सुरु गरिएको पहिलेको आतंकवाद विरोधी अभियानको निरन्तरता नभएको स्पष्ट पारेको छ । सो पुरानो अपरेसन मुख्यतः प्यालेस्टिनी शरणार्थी शिविरहरूलाई लक्षित गर्दै आएको थियो ।

सन् १९६७ देखि इजरायलद्वारा कब्जा गरिएको वेस्ट बैंकमा सन् २०२३ अक्टोबरमा हमासद्वारा गरिएको आक्रमणपछि सुरु भएको गाजा युद्धले हिंसा झनै चर्किएको छ । यद्यपि गाजामा अक्टोबर १० देखि लागू भएको नाजुक युद्धविराम अहिले पनि औपचारिक रूपमा कायम भए पनि वेस्ट बैंकमा हिंसात्मक गतिविधि रोकिएको छैन ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको तथ्यांकमा आधारित एएफपीद्वारा संकलित विवरणअनुसार गाजा युद्ध सुरु भएयता वेस्ट बैंकमा इजरायली सेना वा इजरायली बसोबासकर्ताद्वारा एक हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको छ । तीमध्ये धेरैजना सशस्त्र समूहका सदस्य भए पनि ठूलै सङ्ख्यामा सर्वसाधारण नागरिक पनि मारिएका छन् ।

उता, आधिकारिक इजरायली विवरणअनुसार सोही अवधिमा प्यालेस्टिनी आक्रमण तथा इजरायली सैन्य कारबाहीका क्रममा सैनिक र नागरिक गरी कम्तीमा ४४ इजरायलीले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १ : ५० बजे

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा