महेश बस्नेतविरुद्ध नाराबाजी गरिरहेका धनगढीका जेन-जीहरू युवासंघबाट कुटिए « Khabarhub

महेश बस्नेतविरुद्ध नाराबाजी गरिरहेका धनगढीका जेन-जीहरू युवासंघबाट कुटिए


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिमको राजधानी धनगढीमा नेकपा एमालेनिकट युवा संघ नेपालका कार्यकर्ताहरूले नाराबाजी गरिरहेका जे-नजी युवाहरूलाई कुटपिट गरेका छन्।

धनगढी बजारको कभर्डहल अगाडि एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतविरूद्ध चर्को नाराबाजी गरिरहेका २४ जना बढी जेन-जीको समूहमाथि युवा संघका कार्यकर्ता जाइलागेका हुन् ।

बस्नेतको बिरोधमा सडकमा प्लेकार्डसहित चर्को नाराबाजीसहित प्रदर्शनरत जेन-जीहरूलाई मोटरसाइकलमा आएका युवा संघका कार्यकर्ताले कुटपिट गरेका हुन्।

कुटपिटबाट धनगढी उपमहानगरपालिका-४ की जेन-जी नेतृ सरिता जोशीको हातमा चोट लागेको छ। जोशीलाई निसर्ग अस्पतालमा लगिएको छ। आक्रमणमा गोपाल बोहरा लगायत युवा पनि सामान्य घाइते भएका छन् ।

जेन-जीहरूले प्रहरीले आफ्नो सुरक्षा नगरेको गुनासो गरेका छन् । युवा संघका कार्यकर्ताहरूलाई आफूहरूमाथि आक्रमण गर्न प्रहरीले छाडिदिएको उनीहरूको गुनासो छ।

महेश बस्नेत र एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ धनगढीमा उत्रिँदा सम्भावित झडप हुन नदिन होटल डिभोटी र कभर्डहल क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ थिए।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ४ : १३ बजे

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक