विराटनगरका कप्तान सन्दीपले लिए चितवनको तेस्रो विकेट « Khabarhub

विराटनगरका कप्तान सन्दीपले लिए चितवनको तेस्रो विकेट


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल|) अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको चितवन राइनोजका सुरुवाती क्रमका तीन ब्याटर आउट भएका छन् । 

विराटनगरका कप्तान सन्दीप लामिछानेले चितवनको तेस्रो विकेटका रुपमा देव खनाललाई साम हिजलेटमार्फत् क्याच आउट गराएका हुन् । खनालले २२ बलमा ३ चौका र एक छक्काको सहयोगमा २८ रन जोडे ।

 यसअघि ओपनरद्वय दीपक बोहोरा र डेविड मलानलाई विराटनगरका मर्चेन्ट डे लाङ्गेले आउट गराएका हुन् । 

दोस्रो विकेटका रुपमा ३ ओभरको चौथो बलमा आउट भएका डेविडले ९ बलमा १७ रन जोडे । तीन चौका प्रहार गरेका उनलाई मर्चेन्टले बोल्ट गरे । 

पहिलो विकेटका रुपमा ओपर दीपक बोहोरा आउट भएका हुन् । खेल दोस्रो ओभरको तेस्रो बलमा पुग्दा उनी ५ बलमा ५ रन जोडेर आउट भएका हुन् । उनलाई मर्चेन्टले नै विकेट किप्पर लोकेश बममार्फत् क्याट आउट गराएका हुन् । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर चितवनले पहिला ब्याटिङको निम्तो दिएको हो ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ४ : ४५ बजे

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

काठमाडौं– काठमाडौंलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागूऔषध खैरो

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा

ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो बस, एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक

ओमानको मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

ओमान- ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन