एआईजीपी कार्कीसहित तीन प्रहरी अधिकारीले लगाए दर्ज्यानी चिह्न « Khabarhub

एआईजीपी कार्कीसहित तीन प्रहरी अधिकारीले लगाए दर्ज्यानी चिह्न


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका तीनजना प्रहरी अधिकारीलाई बुधबार आयोजित विशेष समारोहमा दर्ज्यानी चिह्न लगाइदिएका छन् ।

मंसिर ८ गतेको मन्त्रिपरिषद् र गृहमन्त्रालयको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा भएका ईश्वर कार्की, प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका विश्व अधिकारी र प्राविधिक समूहमा वरिष्ठ प्रहरी उपरीक्षबाट प्राविधिक नायब महानिरीक्षकमा पदोन्नति भएका राजकुमार चौधरीले दर्ज्यानी चिह्न लगाएका हुन् ।

उक्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षीक दानबहादुर कार्कीले पदोन्नति जेष्ठता, कार्यकुशलता र व्यावसायिक निष्ठाको मूल्याङ्कनका आधारमा भएको बताए ।

उनले नयाँ जिम्मेवारीले संगठनलाई थप प्रभावकारी बन्न मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले देश संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै प्रहरी सेवामा निष्ठा, शिष्ट व्यवहार र उत्कृष्ट आचरणलाई प्राथमिकता दिन निर्देशन दिए।

अतिरिक्त महानिरीक्षक कार्कीले पदोन्नति भएका अधिकारीहरूको तर्फबाट बोल्दै जिम्मेवारी इमानदारीपूर्वक गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ५ : १८ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब