चितवनले चौथो विकेट लिएपछि दबाबमा विराटनगरको ब्याटिङ  « Khabarhub

चितवनले चौथो विकेट लिएपछि दबाबमा विराटनगरको ब्याटिङ 


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा चितवन राइनोजले लगातार विराटनगर बोल्टस्का दुवै ओपनरसहित चार ब्याटरलाई गुमाएको छ । 

१७५ रनको बलियो लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको विराटनगरको ४ ओभरको अन्तिम बलमा चौथो विकेट गुमाएपछि यो टिम संकटमा परेको हो । खेल ६ ओभरमा पुग्दा यो टिम चार विकेटको क्षतिमा ३७ रनको अवस्थामा छ ।

चौथो विकेटका विराटनगरले बसिर अहमदलाई गुमाएको हो । उनले २ बलको सामना गर्दा रनको खाता पनि खोलेनन् ।

४ ओभरको तेस्रो बलमा तेस्रो विकेटका रुपमा साम हिजलेट आउट भएका हुन् । सामले ११ बलमा ३ छक्काको सहयोगमा २२ रन जोडे ।

साम र बसिर दुवै रञ्जिक कुमारको बलको शिकार भएका हुन् ।

त्यसअघि विराटनगरका ओपनर ओकेश बम ७ रन र जर्ज मुन्से ५ रन जोडेर आउट भएका हुन् ।

पहिलो विकेटका रुपमा लोकश बम दोस्रो ओभरको चौथो बलमा आउट भए । उनलाई चितवनका सोहिल तानभिरले आउट गरेका हुन् ।

तेस्रो ओभरको तेस्रो बलमा अर्का ओपनर जर्ज मुन्सेलाई कलम ऐरीले आउट गराएका हुन् ।

चौथो ओभरमा पुग्दा जनकपुर २ विकेटको क्षतिमा २६ रनको अवस्थामा छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ६ : २० बजे

लागूऔषधसहित वडासदस्य जैरू पक्राउ

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

भोजपुर– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभामा पेले खोल्सी

रास्वपा महाधिवेशन : बन्दसत्रका लागि प्रतिनिधिहरु हलमा प्रवेश गर्दै (तस्बिरहरू)

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशन अन्तर्गत

शिक्षकको रित्तो हात बिदाइ : राज्यको विभेदकारी ऐना

एउटै छानामुनि, एउटै घण्टीको आवाज र उस्तै खालका बालबालिकाहरूलाई पढाउने

मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई

काठमाडौँ– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले एमालेका तत्कालीन महासचिव