काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा लुम्बिनी लायन्सको विकेट तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका छन् ।
१४ ओभरको पहिला बलमा रोहित हर्मित सिंहको बलमा क्याच आउट भएका हुन् । उनले ३६ बलमा ३५ रन जोडे ।
लुम्बिनी खेल १४ ओभरमा पुग्दा २ विकेटको क्षतिमा १०३ रनको अवस्थामा छ । सुदूरपश्चिमले पछिल्लो ८ ओभरमा विकेट लिन सकेको छैन ।
तेस्रो विकेटका लागि सुदूरपश्चिमले लामो संघर्ष गरेको थियो । दोस्रो विकेट गएको ८ ओभरपछि तेस्रो विकेट गएको हो ।
यसअघि ६ ओभरको तेस्रो बलमा ओपनर सुमित महर्जन दोस्रो विकेटका रुपमा आउट भएका थिए । १८ रन जोडेर आउट भए । १४ बलमा सामना गरेका उनले ३ चौका प्रहार गरे ।
सुमित सुदूरपश्चिमकाका हर्मित सिंहको एलबीडब्ल्यू धरापमा परेका हुन् ।
लुम्बिनीले पहिलो विकेटका रुपमा डीआर्सी सर्टलाई गुमाएको हो । उनी २ ओभरको पाँचौ बलमा हेमन्त धामीको बलमा बोल्ट भएका हुन् । ११ बल खेलेका सर्टले ४ चौका प्रहार गर्दै १८ रन बनाए ।
कीतिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले पहिलो बलिङ रोजेको हो ।













प्रतिक्रिया