एनपीएल-२ : बिनोदको अर्धशतकले सुदूरपश्चिको लगातार चौथो जित, लुम्बिनी हार्‍यो « Khabarhub

एनपीएल-२ : बिनोदको अर्धशतकले सुदूरपश्चिको लगातार चौथो जित, लुम्बिनी हार्‍यो


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध जित निकालेको छ ।

जारी सिजनमा सुदूरपश्चिको अपराजित यात्रा कायमै रहेको छ । यस टिमले अघिल्ला तीन खेलमा कर्णाली याक्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजलाई हराएको थियो । अहिलेको अवस्थामा शत प्रतिशत जित निकाल्ने सुदूरपश्चिचम यस सिजनको एकल टिम हो ।

लुम्बिनीको यो तेस्रो हार हो । अघिल्ला तीन खेलमा लुम्बिनीले काठमाडौं र काठमाडौंलाई हराएको थियो भने चितवन राइनोजसँग जित निकालेको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको बिहीबारको पहिलो खेलमा लुम्बिनी ७ विकेटले पराजित भएको हो । टस जितेर १४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै १४५ रन बनायो । 

सुदूरपश्चिमको जितका लागि ओपनर बिनोद भण्डारीको ब्याटिङ निर्णायक बन्यो । उनले ४९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजीत ६९ रन जोडे । उनी नै यस इनिङमा सुदूरपश्चिमबाट सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् । उनको नाममा सिजनको १२ औं अर्धशतक दर्ज भएको छ । 

सुदूरपश्चिका ओपनर जोश ब्राउन ब्याटिङका चलेन । उनी ९ रन बनाएर दोस्रो ओभरको दोस्रो बलमा आउट भए । 

चौथो ओभरको पाँचौँ बलमा लुम्बिनीले सुदूरपश्चिमको दोस्रो विकेटका रुपमा क्रिस लिनलाई आउट गर्‍यो । क्रिसले १४ बलमा १ चौका र २ छक्काको सहयोगमा १६ रन जोडे । उनी चौथो ओभरको पाँचौँ बलमा आउट भए । 

लुम्बिनीले तेस्रो विकेट लिन निकै संघर्ष गर्‍यो । दोस्रो विकेट झरेपछि १३ ओभरको संघर्षपछि सुदूरपश्चिमले तेस्रो विकेटका रुपमा आरिफ शेखलाई आउट गर्‍यो । आरिफले ३७ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३९ रन जोडे । 

तेस्रो विकेटको साझेदारी लुम्बिनीका लागि महँगो साबित भयो । यस विकेटका लागि सुदूरपश्चिमका विनोद र आरिफले ९९ रनको साझेदारी गरे । सुदूरपश्चिमका हर्मितले अविजीत ७ रन जोडे । 

लुम्बिनीका खेलाडीको बलिङ आजको खेलमा चल्न सकेन । रुबेन ट्रम्पेलम्यान, अविनाश गौतम र तिलक भण्डारीले समान एक-एक विकेट लिए । 

शेर मल्ल लुम्बिनीको खर्चिलो बलर बने । एक ओभर बलिङ गर्दा उनले १२ रन खर्चिए । ३ ओभर बलिङ गरेका गुलबदिन नैबले विकेटविहीन रहेर २७ रन खर्चिए । रुबेनले तीन ओभर बलिङ गर्दा एक विकेट लिएर २७ रन नै खर्चिए ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ३ : ०१ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।