रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ सुरु « Khabarhub

रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ सुरु


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवागढीस्थित भन्सार कार्यालयसँगैको सुख्खाबन्दरगाहको सफा गर्ने काम सुरु भएको छ । गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बन्दरगाह परिसरमा थुपारेको ढुङ्गा, बालुवा, फलामका रड, काठपातलगायतका वस्तु हटाउने काम सुरु भएको हो ।
 
नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेँसँगै सुख्खाबन्दरगाह सफा गर्ने काम सुर भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

सफाइ गर्ने जिम्मेवारी पाएको ‘नेपाल इन्टरमोडल टान्सपोर्ट’का प्रबन्ध निर्देशक आशीष गजुरेलका अनुसार पहिलो चरणमा ७५ वटा मालवाहक कन्टेनर पार्किङका लागि सफा गर्ने काम सुरु भइसकेको र लगत्तै दोश्रो चरणमा थप ७५ वटा मालवाहक कन्टेर पार्किङका लागि पनि ठाउँ बनाइने गरी प्रक्रिया अघि बढेको छ ।  

रसुवागढी नाकास्थित मितेरी पुल बगेपछि लामो समयदेखि ठप्प भएको सामान ढुवानीको कामको चापलाई दृष्टिगत गरी चरणबद्ध रूपमा कुल १५० वटा कन्टेनर पार्किङ गर्नसक्ने गरी सुख्खाबन्दरगाह सफा गर्न लागेको प्रबन्ध निर्देशक गजुरेलले स्पष्ट गरे ।    

बाढीले रसुवागढी भन्सारको सुख्खाबन्दरगाहमा ६० प्रतिशत  नोक्सान पुर्याएको जानकारी दिँदै प्रबन्ध निर्देशक गजुरेलले यही हिउँदभित्रै सफाइको सक्ने बताए। सुख्खाबन्दरगाहको सफाइ प्रक्रिया अघि बढेको बताउँदै रसुवागढीका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भटृराइले बिगिएको सडक मर्मतसम्भारका लागि सडक सुधार आयोजनालाई अनुरोध गरिसकिएको जानकारी दिए ।

बाढीपहिरोबाट क्षतिग्रस्त स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार कार्य सामान्य रूपमा मात्र भएका २० टन सामान बोक्ने मालवाहक कन्टेनर डिब्बा चल्ने बातावरण तयार गरिदिन ढुवानी व्यवसायीले माग गरेका छन् ।

यसैगरी ढुवानी व्यवसायी एवम् स्थानीयले सो सडकमार्गस्थित ठाडोखोलाले घट्टेखोला पुलको जग खोतलेर जीर्ण अवस्थामा पुर्‍याएकोले मालवाहक कन्टेनर चलाउन जोखिम रहेको भन्दै तत्काल बिग्रिएको सडक तथा पुलको यथाशक्य छिटो मर्मतसम्भार गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेका छन् ।  

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ५ : ०४ बजे

गोदावरी नदीबाट एक जनाको उद्धार

कैलाली – कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले

जनता सडकमा ओर्लिसक्दा किन एक बचन बोल्दैनन् रवि ?

काठमाडौं- गत फागुनको चुनावी अभियानका क्रममा वालेन्द्र शाहलाई देखाउँदै राष्ट्रिय

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज – बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

गोलबजार– सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु