पहिलो जित निकाल्न पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य « Khabarhub

पहिलो जित निकाल्न पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य


११ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा पहिलो जित निकाल्न पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभर ६ विकेट गुमाउँदै १५५ रन बनाएको हो । पोखरा र जनकपुर यसअघिका शतप्रतिशत दुई–दुई खेलमा पराजित छन् । आज दुई मध्ये एक टिमले सिजनको पहिलो जित निकाल्ने छन् ।

यस खेलमा पोखराका सुमीत वर्माले सर्वाधिक ५० रन जोडे । उनले २९ बलमा अविजीत ५० रन जोड्न २ चौका र ४ छक्का प्रहार गरे ।

पोखराका ओपनरद्वय दिनेश खरेल र एडम रोसिंगटन ६१ रनको बलियो साझेदारी गरे । ८ ओभरको तेस्रो बलमा यो साझेदारी जनकपुरका सञ्जय कृष्णमूर्तिले तोडे । 

एडम १७ बलमा २ चौका र ३ छक्काको सहयोगमा २५ रन जोडेर बिदा भए । 

पहिलो विकेटका लागि संघर्ष गरेको जनकपुरले त्यसपछि भने पोखराको लगालग विकेट लिएको थियो । पहिलो विकेट गुमेपछि क्रिजमा आएका पोखराका कप्तान पहिलो बलमै रनको खाता नखोली आउट भए । उनी पनि सञ्जयकै बलको शिकार भए । 

तेस्रो विकेटका रुपमा पोखरका ओपनर दिनेश खरेल पनि अनिश शाहको बलमा आउट भए । उनले ३८ बलमा ३८ रन जोड्न २ चौका र ३ छक्का प्रहार गरे । उनले ९ ओभरको पाँचौँ बलमा आउट भएका हुन् । 

चौथो विकेटका रुपमा आउट भएका जिम्स निशमले ३ बलमा १ रन जोडेर आउट भए । जनकपुरका ललित राजवंशीले डान डाउथवेटको विकेट लिए । उनले ७ रन मात्रै जोडे । 

पोखरका तीर्थराज दासले २८ बलमा २ चौका हान्दै २९ रन जोडे ।

जनकपुरका सञ्जयले ३ विकेट लिए । ललित र अनिशले समान १–१ विकेट लिए । जान निकोल लोफ्टी-इटनले खर्चिलो गरे । उनले १ ओभर बलिङ गर्दा १७ रन खर्चिए भने विकेट लिन सकेनन् ।

ललितले चार ओभर बलिङ गर्दा १ विकेट लिएर ४० रन खर्चिए । किशोरी महतो किफयाती बलर बने । उनले २ ओभर बलिङ गर्दा मात्रै ११ रन खर्चिए ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ५ : २५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली