विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन « Khabarhub

विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामबहादुर रानाभाटसमेत रहेको गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी  मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर सर्वोच्च अदालतमा आज पुनरावेदनको निवेदन दर्ता गरेको छ ।

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतबाट भएको फैसला उपर पुनरावदेन दिएको हो । 

आयोगले रानाभाटविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा बिगो तीन करोड १५ लाख ८१ हजार ६६ दशमलब ८० रुपैयाँ कायम गरी मागदाबी लिई विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको थियो ।

विशेष अदालतले मिति २०८१ जेठ २९ गते सफाइ दिएकाले उल्लिखित फैसलाउपर चित्त नबुझी आज सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
 

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : ३२ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय