लुम्बिनीले गुमायो पाचौँ विकेट, ४० रन जोडेका कप्तान रोहित पौडेल आउट « Khabarhub

लुम्बिनीले गुमायो पाचौँ विकेट, ४० रन जोडेका कप्तान रोहित पौडेल आउट


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी लायन्सले पाचौँ विकेट गुमाएको छ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनीले पाचौँ विकेट गुमाएको हो ।

इनिङ्ग्सको १४ ओभर १ बलमा लुम्बिनीका कप्तान रोहित पौडेल आउट भए । उनी सागर ढकालको बलमा विपिन खत्रीबाट क्याच समातिए । ३६ बल खेलेका उनले ४० रन जोडे । उनले तीन चौका र दुई छक्का प्रहार गरे ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा लुम्बिनी लायन्सले यतिबेला पोखरा एभेन्जर्सको सामना गरिरहेको छ ।

खेलमा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनायो । अहिले लुम्बिनीले १५१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  २ : १३ बजे

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी