नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार नाघ्यो  « Khabarhub

नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार नाघ्यो 


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार नाघेको छ । 

विश्व एड्स दिवसको अवसरमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले नेपालमा ३४ हजार ३ सय ३७ जनालाई एचआईभी संक्रमण भएको जानकारी दिएका हुन् । 

उनकाअनुसार कुल संक्रमितमध्ये १५ वर्षभन्दा माथिका ३३ हजार २ सय ७९ जना छन् । त्यस्तै १५ वर्षमाथिका १४ हजार जना महिलामा एचआइभी संक्रमण छ । उनले १५ वर्षभन्दा माथिका एचआईभी संक्रमित पुरुषको संख्या १९ हजार २ सय ७९ छ । एक हजार ५८ जना एचआइभी पोजेटिभ बालबालिका रहेको उनले बताए । 

गत एक वर्ष आमालाई एचआईभी परीक्षण गर्दा २ सय २७ जना बालबालिकामा संक्रमण पुष्टि भएको हो । सन् २००० देखि २०२४ सम्म आउँदा नयाँ संक्रमण पनि ७६ प्रतिशतले घटेको डा. शर्माले बताए ।

सरदर दिनमा १.७ जना नयाँ संक्रमित थपिइरहेका छन् भने दिनमा एक जनाको एचआईभीका कारण मृत्यु भइरहेको छ । ‘सन् २००० देखि २०२४ सम्म आउँदा नयाँ संक्रमण पनि ७६ प्रतिशतले घटेको छ। 

तर अझै हामी ९० प्रतिशतसम्म पुग्नुपर्नेछ। सरदर दिनमा एउटा जस्तो वा १.७ जना नयाँ क्लाइन्टहरु थपिने अवस्था छ । मृत्युको दरको कुरा गर्ने हो भने लगभग दिनमा एउटा जस्तो एचआईभीको कारणले मृत्यु हुने गर्दछ’, उनले भने । 

डा.शर्माका अनुसार ८८ प्रतिशत एचआईभी संक्रमित औषधि खाइरहेका छन् । संक्रमितमध्ये ७६ प्रतिशतले शरीरमा भाइरसको मात्रा कति छ भनेर परीक्षण गरिरहेको उनले बताए ।

आगामी एक वर्षभित्र एचआईभी संक्रमणविरुद्धको रणनीति बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १२ : ५३ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण