स्वस्तिमा भन्छिन् – ‘भाइरस’ हरुले निश्चलसँग सम्बन्ध राम्रो छैन भन्दै हल्ला फैलाउँछन् « Khabarhub

स्वस्तिमा भन्छिन् – ‘भाइरस’ हरुले निश्चलसँग सम्बन्ध राम्रो छैन भन्दै हल्ला फैलाउँछन्


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्काले चलचित्र ‘बुलबुल’ बाट तारिफमाथि तारिफ पाइन् । यो फिल्मबाट पाएको तारिफले गर्दा स्वस्तिमालाई अझ बढी राम्रो गर्नुपर्ने नैतिक दबाब आइपर्‍यो ।

यसअघि रिलिज भएको चलचित्र ‘हजार जुनीसम्म’ बाट भने स्वस्तिमा चिप्लिइन् । खबरहबसँगको कुराकानीमा उनले सो फिल्म नहेरेको समेत खुलाइन् । साथै स्वस्तिमाले आफ्नो र पति निश्चल बस्नेतको सम्बन्ध राम्रो भएको तर बजारमा कहिलेकाहीँ आफूहरुको सम्बन्ध बिग्रिएको भनेर हल्ला चल्ने गरेको पनि बताइन् ।

‘निश्चलको र मेरो सधै राम्रो सम्बन्ध छ, तर केही ‘भाइरस’हरुले हाम्रो सम्बन्ध राम्रो छैन भनेर बाहिर हल्ला फैलाउँछन्,’ स्वस्तिमाले भनिन्, ‘तर हामीबीच त्यस्तो केही छैन, हामीबीच झगडा पनि हुन्न, पतिपत्नीका रुपमा हामी खुशी छौँ, शायद कसैले हाम्रो खुशीमा डाहा गरिरहेको छ ।’

बेलाबेलामा उमेर समूहका कारण निश्चल र स्वस्तिमाको पारपाचुके हुने खालका हल्ला पनि गाइँगुइँ रुपमा चल्ने गर्छन् । किनकि, निश्चल र स्वस्तिमाको उमेर झण्डै १५ वर्ष फरक छ ।

बजारमा जस्ता हल्ला चले पनि यस्ता हल्लामा निश्चल र स्वस्तिमा दुवै सचेत छन् । निश्चलले पनि यस्ता हल्ला सुन्ने तर यी हल्लालाई सामान्य रुपमा लिने गरेका छन् । दुवैले एकअर्कालाई श‍ंका पनि गर्दैनन् ।

सम्बन्धलाई लिएर विभिन्न हल्ला फैलाएकोमा आलोचना गर्दै स्वस्तिमाले त्यस्ता हल्ला फैलाउनेलाई ‘भाइरस’ को संज्ञा दिइन् । उनले भनिन्, ‘जसले हाम्रो बारेमा बुझेकै छैन, उनीहरुले नै यस्तो हल्ला फैलाउँछ, निश्चलको र मेरो सम्बन्धबारे उनीहरूलाई थाहै छैन ।’

रिलिजका क्रममा रहेको चलचित्र ‘घामड शेरे’ मा साली भेनाका रुपमा देखिन लागेका निश्चल र स्वस्तिमाले यो फिल्मबाट आशावादी भएको बताउँछन् । यो फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । सालीका भूमिकामा अभिनय गर्नुपर्दा शुरुमा अलिक असहज लागे पनि पछि भने सामान्य लागेको स्वस्तिमा बताउँछिन् ।

‘घामड शेरे’ बाट भने स्वस्तिमा धेरै आशावादी नभएको बताउँछिन् । कुराकानीका क्रममा स्वस्तिमाले भनिन्, ‘खै किन हो मलाई त आफ्नो अभिनय चित्तै बुझ्दैन, धेरै आशा गर्दा पीडा हुन्छ भनेर म कुनै फिल्मबाट पनि आशा गर्दिन, तर फिल्ममा केही फरकपन भने छ ।’

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ६ : ४७ बजे

आजका समाचार : परराष्ट्रमन्त्री दिल्लीमा व्यस्त, रास्वपाको जिल्ला अधिवेशन सुरु र मध्यपूर्वमा तनाव जारी

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनालपरराष्ट्रमन्त्री

पोखरा बसपार्क आसपासका घर टहरा खाली गरिँदै (तस्बिरहरू) 

काठमाडौं- पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा

प्रचण्डको भनाइ स्मरण गर्दै रास्वपा सचेतक परियार भन्छन्- भुइँमा न भाँडोमा हुने छुट छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले रास्वपा

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता

काठमाडौं- भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीमा भारतीय

इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै पनि करिब