ह्यात होटलमा चोरी र आगजनी गर्ने दुई जना पक्राउ « Khabarhub

ह्यात होटलमा चोरी र आगजनी गर्ने दुई जना पक्राउ


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँको ह्यात होटलभित्रको क्यासिनोमा छिरेर रकम चोरी गर्ने, आगजनी गर्ने तथा तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित ह्यात होटेलभित्र रहेको क्यासिनोमा छिरेर धारिलो हतियार देखाएर क्यासिनोको काउन्टरमा राखिएको नगद रकम चोरी गरी तोडफोड गर्ने दुई जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ–६ बौद्धका ४२ का दावा शेर्पा र बूढानीलकण्ठ नगरपालिका–१२ का २९ वर्षीय रन्जित खड्गी रहेका छन् । क्यासिनोभित्र रहेको रकम चोरी गर्ने तथा संरचना तोडफोड र आगजनी गरी फरार रहेका उनीहरुलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए ।

पक्राउ परेका दुवैमाथि चोरी तथा डाँकासम्बन्धी कसुर र आपराधिक उपद्रव गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ९ : ३१ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक