आज २०८२ साल मंसिर १५ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर १५ गते सोमबारको राशिफल


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर १५ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर १ तारिख । मंसिर शुक्ल पक्षको एकादशी तिथी, आज गीता जयन्ती, विश्व एड्स दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा लगानी हुने जोखिम छ । काम गर्नु अगाडि विवेक प्रयोग गर्नुपर्ने दिन छ । संकटमा स्वास्थ्यले भने साथ दिनेछ । पेट सम्बन्धी समस्या हुने जोखिम रहेको छ ।

वृष : दिन राम्रो छ । साथीको सहयोगमा सुरु गरेको काम सहज बन्नेछ । शिक्षाको क्षेत्रमा उन्नति हुनेछ । लगानीका क्षेत्रमा फाइदा हुनेछ । बौद्धिक व्यक्तिसँग सहकार्य हुने दिन छ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

मिथुन : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । व्यवहारमा तपाईंको बोलीकै कारण समस्या हुनसक्छ । परिवारको सल्लाहमा अगाडि बढेमा दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । विदेशको लगानीबाट फाइदा हुनेछ ।

कर्कट : दिन राम्रो छ । सोचेका कामहरु बन्नेछन् । पारिवारिक जमघट हुनसक्छ । पठनपाठनमा रुची बढ्नेछ । आज गरेको लगानीबाट फाइदा हुनेछ ।

सिंह : खानपानमा समस्या हुने दिन छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । अग्रजको अर्ती लिएर अगाडि बढ्दा दैनिकी सहज बन्नेछ । पेट सम्बन्धी समस्याले सताउने दिन छ ।

कन्या : दिन राम्रो छ । दाजुभाइसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ । उपचारकोक्रममा भए लाभ मिल्नेछ । राजनीतिक क्षेत्रमा संगठनले राम्रो साथ दिनेछ । व्यापारमा नाफा हुनेछ ।

तुला : धनलक्ष्मी योग परेको छ । यसलाई सदुपयोग गरेमा ठुलो नाफा प्राप्त हुनेछ । आफूभन्दा ठुला व्यक्तिसँगको भेटले मन शान्त हुने दिन छ । पुरानो रोगले सताउने जोखिम हुनसक्छ । साथीको सल्लाहमा अगाडि बढ्नु राम्रो होला ।

वृश्चिक : लगानीका क्षेत्र सबल छन् । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । घुमघामको योजना बन्नेछ । आज शुभ खबर सुन्ने दिन छ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा नाफा हुनेछ ।

धनु : गोपनीयता भंग नगर्नु राम्रो हुनेछ । नियमित औषधी छुटेमा रोगले सताउने छ । परिवारमा झन्झट आइपर्न सक्छ । प्रेम सम्बन्धमा खटपटी हुनेछ ।

मकर : बिहान उठेर पिपलको दर्शन गरेमा फाइदा हुनेछ । परिवारिक मिलन हुनेछ । पठनपाठनमा मन जानेछ । आज आकस्मिक लाभ हुनेछ ।

कुम्भ : स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । सोचेका काम बन्नेछन् । वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमा रोजगारीका विकल्प देखिनेछन् । परिवारको साथ र सहयोग मिल्नेछ ।

मीन : दिन राम्रो छ । मुल त्रिकोणमा चन्द्रमा पुगेकाले रचनात्मक क्षमताको विकास हुनेछ । दाजुभाइ वा दिदीबहिनीको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीले राम्रो परिणाम दिनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ५ : ०९ बजे

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्