आज २०८२ साल मंसिर १५ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर १५ गते सोमबारको राशिफल


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर १५ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर १ तारिख । मंसिर शुक्ल पक्षको एकादशी तिथी, आज गीता जयन्ती, विश्व एड्स दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा लगानी हुने जोखिम छ । काम गर्नु अगाडि विवेक प्रयोग गर्नुपर्ने दिन छ । संकटमा स्वास्थ्यले भने साथ दिनेछ । पेट सम्बन्धी समस्या हुने जोखिम रहेको छ ।

वृष : दिन राम्रो छ । साथीको सहयोगमा सुरु गरेको काम सहज बन्नेछ । शिक्षाको क्षेत्रमा उन्नति हुनेछ । लगानीका क्षेत्रमा फाइदा हुनेछ । बौद्धिक व्यक्तिसँग सहकार्य हुने दिन छ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

मिथुन : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । व्यवहारमा तपाईंको बोलीकै कारण समस्या हुनसक्छ । परिवारको सल्लाहमा अगाडि बढेमा दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । विदेशको लगानीबाट फाइदा हुनेछ ।

कर्कट : दिन राम्रो छ । सोचेका कामहरु बन्नेछन् । पारिवारिक जमघट हुनसक्छ । पठनपाठनमा रुची बढ्नेछ । आज गरेको लगानीबाट फाइदा हुनेछ ।

सिंह : खानपानमा समस्या हुने दिन छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । अग्रजको अर्ती लिएर अगाडि बढ्दा दैनिकी सहज बन्नेछ । पेट सम्बन्धी समस्याले सताउने दिन छ ।

कन्या : दिन राम्रो छ । दाजुभाइसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ । उपचारकोक्रममा भए लाभ मिल्नेछ । राजनीतिक क्षेत्रमा संगठनले राम्रो साथ दिनेछ । व्यापारमा नाफा हुनेछ ।

तुला : धनलक्ष्मी योग परेको छ । यसलाई सदुपयोग गरेमा ठुलो नाफा प्राप्त हुनेछ । आफूभन्दा ठुला व्यक्तिसँगको भेटले मन शान्त हुने दिन छ । पुरानो रोगले सताउने जोखिम हुनसक्छ । साथीको सल्लाहमा अगाडि बढ्नु राम्रो होला ।

वृश्चिक : लगानीका क्षेत्र सबल छन् । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । घुमघामको योजना बन्नेछ । आज शुभ खबर सुन्ने दिन छ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा नाफा हुनेछ ।

धनु : गोपनीयता भंग नगर्नु राम्रो हुनेछ । नियमित औषधी छुटेमा रोगले सताउने छ । परिवारमा झन्झट आइपर्न सक्छ । प्रेम सम्बन्धमा खटपटी हुनेछ ।

मकर : बिहान उठेर पिपलको दर्शन गरेमा फाइदा हुनेछ । परिवारिक मिलन हुनेछ । पठनपाठनमा मन जानेछ । आज आकस्मिक लाभ हुनेछ ।

कुम्भ : स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । सोचेका काम बन्नेछन् । वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमा रोजगारीका विकल्प देखिनेछन् । परिवारको साथ र सहयोग मिल्नेछ ।

मीन : दिन राम्रो छ । मुल त्रिकोणमा चन्द्रमा पुगेकाले रचनात्मक क्षमताको विकास हुनेछ । दाजुभाइ वा दिदीबहिनीको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीले राम्रो परिणाम दिनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ५ : ०९ बजे

एनपीएलमा आज ‘ब्रेक’ : १९ खेल सकिँदा कस्तो बन्यो अंक तालिका ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार

आज गीता जयन्ती मनाइँदै

काठमाडौं– वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको

एसिसी यु-१९ प्रिमियर कपः उपाधिका लागि भिड्दै नेपाल र यूएई

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि

अन्तरिक्षमा विज्ञान र प्रविधि परीक्षण : अमेरिका र रुसको आठ महिने अभियान

मास्को – अमेरिकी–रूसी तीन सदस्यीय टोलीले बिहीबार रूसी अन्तरिक्षयानबाट प्रक्षेपण

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय