स्याडो पिक्चर्सले ‘धुरन्धर’ नेपालमा वितरण गर्ने, नेपाली फिल्मलाई विश्वव्यापी ओटिटी प्लेटफर्मको ढोका खुल्यो  « Khabarhub

स्याडो पिक्चर्सले ‘धुरन्धर’ नेपालमा वितरण गर्ने, नेपाली फिल्मलाई विश्वव्यापी ओटिटी प्लेटफर्मको ढोका खुल्यो 


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली चलचित्र वितरण क्षेत्रमा द्रुत गतिमा उदाउँदै गएको ‘स्याडो पिक्चर्स’ कम्पनीले अब अन्तर्राष्ट्रिय फिल्म बजारमा पनि आफ्नो प्रभावशाली उपस्थिति बनाउन सफल भएको छ ।

नेपाली चलचित्र ‘आउटल दफा २१९’ को निर्माण कम्पनीका रूपमा परिचित यो कम्पनीले बलिउडको बहुप्रतिक्षित फिल्म ‘धुरन्धर’ को नेपाल वितरण अधिकार प्राप्त गरेको छ ।

योसँगै जियो स्टुडियोजले स्याडो पिक्चर्सलाई आफ्नो आधिकारिक बिक्रेता तथा वितरण साझेदारको रूपमा मान्यता प्रदान गरेको छ, जसलाई नेपाली चलचित्र क्षेत्रका लागि ठूलो उपलब्धि मान्न सकिन्छ । स्याडो पिक्चर्सले भारतको मुम्बईमा पनि आफ्नो शाखा विस्तार गरेको छ ।

स्याडो पिक्चर्स र जियो स्टुडियोजबीचको यो सहकार्यले नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली फिल्महरूका लागि नयाँ ढोका खुला गरेको छ ।

जियोको विश्वव्यापी ओटिटी प्लेटफर्ममा अब नेपाली चलचित्रहरू पुग्ने उच्च सम्भावना देखिएको छ, जसले नेपाली चलचित्रलाई विश्वभरका दर्शकसम्म पुर्‍याउने  कम्पनीका डाइरेक्टर अफ बिजनेश डिभलपमेन्ट अरुण रिजालले विश्वास लिएका छन्  ।

जियो स्टुडियोजसँगको साझेदारी र विदेशी ठूलो बजेटका चलचित्रको आधिकारिक वितरण अधिकार प्राप्त गर्नु स्वयं नेपाली कम्पनीका लागि महत्त्वपूर्ण सफलता हो । यसले नेपाली चलचित्र बजारमा विश्वस्तरको व्यावसायिकता र अवसर भित्र्याउने अपेक्षा गरिएको छ ।

श्याडो पिक्चर्सको यो कदमले नेपाली चलचित्र बजारलाई ग्लोबल वन–स्ट्रिममा लैजाने सम्भावना बढाएको अध्यक्ष अमित अग्रहरीले बताए । बलिउडका मल्टी स्टारकास्ट कलाकारहरू रहेको एक्सन(थ्रिलर फिल्म ‘धुरन्धर’ डिसेम्बर ५ मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ ।

आदित्य धरको निर्देशनमा बनेको यो फिल्ममा रणवीर सिंह, सञ्जय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सारा अर्जुनलगायत कलाकारहरूको अभिनय छ ।

‘धुरन्धर’ले दर्शकलाई फरक र स्तरीय अनुभव दिने विश्वास लिइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  १० : २७ बजे

एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवन– जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

राँझा– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चार लेन

लगनखेलमा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा  

काठमाडौंं– लगनखेलस्थित सञ्चयकोष भवनको दोस्रो तलामा नेशनल ग्यास्ट्रो लिभर सेन्टर

महानगरको पूर्वाधार एम्बुलेन्स डेमो योजनामै सीमित 

काठमाडौं–  देशको राजधानी काठमाडौंका सडकमा असङ्ख्य खाल्डाखुल्डी छिचोल्दै गन्तव्यसम्म पुग्नुपर्ने सवारी

जेन-जी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

चितवन– गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा