स्याडो पिक्चर्सले ‘धुरन्धर’ नेपालमा वितरण गर्ने, नेपाली फिल्मलाई विश्वव्यापी ओटिटी प्लेटफर्मको ढोका खुल्यो  « Khabarhub

स्याडो पिक्चर्सले ‘धुरन्धर’ नेपालमा वितरण गर्ने, नेपाली फिल्मलाई विश्वव्यापी ओटिटी प्लेटफर्मको ढोका खुल्यो 


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली चलचित्र वितरण क्षेत्रमा द्रुत गतिमा उदाउँदै गएको ‘स्याडो पिक्चर्स’ कम्पनीले अब अन्तर्राष्ट्रिय फिल्म बजारमा पनि आफ्नो प्रभावशाली उपस्थिति बनाउन सफल भएको छ ।

नेपाली चलचित्र ‘आउटल दफा २१९’ को निर्माण कम्पनीका रूपमा परिचित यो कम्पनीले बलिउडको बहुप्रतिक्षित फिल्म ‘धुरन्धर’ को नेपाल वितरण अधिकार प्राप्त गरेको छ ।

योसँगै जियो स्टुडियोजले स्याडो पिक्चर्सलाई आफ्नो आधिकारिक बिक्रेता तथा वितरण साझेदारको रूपमा मान्यता प्रदान गरेको छ, जसलाई नेपाली चलचित्र क्षेत्रका लागि ठूलो उपलब्धि मान्न सकिन्छ । स्याडो पिक्चर्सले भारतको मुम्बईमा पनि आफ्नो शाखा विस्तार गरेको छ ।

स्याडो पिक्चर्स र जियो स्टुडियोजबीचको यो सहकार्यले नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली फिल्महरूका लागि नयाँ ढोका खुला गरेको छ ।

जियोको विश्वव्यापी ओटिटी प्लेटफर्ममा अब नेपाली चलचित्रहरू पुग्ने उच्च सम्भावना देखिएको छ, जसले नेपाली चलचित्रलाई विश्वभरका दर्शकसम्म पुर्‍याउने  कम्पनीका डाइरेक्टर अफ बिजनेश डिभलपमेन्ट अरुण रिजालले विश्वास लिएका छन्  ।

जियो स्टुडियोजसँगको साझेदारी र विदेशी ठूलो बजेटका चलचित्रको आधिकारिक वितरण अधिकार प्राप्त गर्नु स्वयं नेपाली कम्पनीका लागि महत्त्वपूर्ण सफलता हो । यसले नेपाली चलचित्र बजारमा विश्वस्तरको व्यावसायिकता र अवसर भित्र्याउने अपेक्षा गरिएको छ ।

श्याडो पिक्चर्सको यो कदमले नेपाली चलचित्र बजारलाई ग्लोबल वन–स्ट्रिममा लैजाने सम्भावना बढाएको अध्यक्ष अमित अग्रहरीले बताए । बलिउडका मल्टी स्टारकास्ट कलाकारहरू रहेको एक्सन(थ्रिलर फिल्म ‘धुरन्धर’ डिसेम्बर ५ मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ ।

आदित्य धरको निर्देशनमा बनेको यो फिल्ममा रणवीर सिंह, सञ्जय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सारा अर्जुनलगायत कलाकारहरूको अभिनय छ ।

‘धुरन्धर’ले दर्शकलाई फरक र स्तरीय अनुभव दिने विश्वास लिइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  १० : २७ बजे

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा

रोनाल्डोको टिप्पणी चर्चामा : मेस्सी ‘गोट’ हुन् भने तथ्य स्वीकार गर्ने समय आयो

काठमाडौं – ब्राजिलका लिजेन्ड फुटबलर रोनाल्डोले सर्वाकालीन महान (गोट) खेलाडी