अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सोमबारदेखि « Khabarhub

अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सोमबारदेखि


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त पहलमा काठमाडौँमा सोमबारदेखि तीन दिने अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने भएको छ ।

‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ विदेशमा रहेका २० देशबाट कार्यक्रममा युवा वैज्ञानिकले भाग लिने भएका छन् । विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा लागेका युवाहरुमा भएको ज्ञान, अनुभव, सीप र क्षमताको आदनप्रदान गर्न करीब ३०० जना स्वदेश तथा विदेशमा रहेका युवा वैज्ञानिकले सम्मेलनमा भाग लिने तयारी अघि बढेको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए ।

“स्वदेश तथा विदेशमा रहनुभएका नेपाली युवा वैज्ञानिकले एकै थलोमा बसी विज्ञान विषयमा छलफल गरी उहाँहरुले निकालेको निचोडलाई प्रस्ताव पास गरी नेपाल सरकार समक्ष नीति निर्माणको लागि पु¥याउने छौं”, ढुङ्गेलले भने, “विज्ञान र प्रविधि विषयक यस सम्मेलनले भविष्यमा सरकारलाई नीति तय गर्न महत्वपूर्ण सहयोग पुग्नेछ ।”

मुलुकलाई समृद्धितर्फ लैजान युवा वैज्ञानिकले समाजमा कस्तो भूमिका खेल्नुपर्छ भन्ने विषयक व्यापक छलफल हुने बताइएको छ ।सम्मेलनमा उपस्थित युवा वैज्ञानिकले १८ वटा मुख्य विषयमा आफ्नो भनाइ राख्ने, लगभग १५० विषयमा कार्यपत्र प्रस्तुत गर्नेलगायत विज्ञान, प्रविधिक विषयक १० वटा प्रदर्शनी कक्ष रहेने ढुङ्गेलले बताए ।

“सम्मेलनमा भारतीय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त वैज्ञानिक प्रा डा कृष्णलालले विज्ञान, प्रविधि र नवप्रवर्तन विषयक आफ्नो भनाइ व्यक्त गर्नुहुनेछ । सम्मेलन पश्चात विज्ञान र प्रविधिको क्षेत्रमा लागेका जनशक्तिले आफ्नो पेशालाई मर्यादित बनाउने नाष्टका वैज्ञानिकको बुझाइ छ ।

नाष्टका अनुसार सो सम्मेलन छलफलहरु हुने समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन, संस्थागत सुधार, विज्ञानमा लगानी, पूर्वाधार विकास, सुरक्षाको लागि विज्ञान तथा विज्ञान, प्रविधि र नवप्रवर्तनमा युवाको सहभागिता, विज्ञानमा कूटनीतिक प्रयोग, विज्ञान, प्रविधि र नवप्रवर्तनको नीति निर्माण, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि शैक्षिकलगायत विषयमा हुने जनाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ९ : ३० बजे

देशभर हर्षोल्लासका साथ उँधौली पर्व मनाइँदै

काठमाडौं– मङ्सिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत

भारत–रुस सम्बन्धमा अमेरिकी दबाब

एजेन्सी– रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय–परीक्षित’ मित्रका रूपमा व्याख्या

के महिनावारी हुनु पाप हो ? 

काठमाडौं– केही महिला अधिकारकर्मी, सिने कलाकारले पनि ‘महिनावारी रगत दूषित

महाधिवेशन तालिकासँगै कांग्रेसमा जोड-घटाउ सुरू, खड्कालाई सभापतिमा सघाउने देउवाको वचन

काठमाडौं– नेपाली कांग्रेसले आगामी पुस २६,२७ र २८ गते काठमाडौँमा

पोखराका भीम सार्कीको आक्रामक ब्याटिङले काठमाडौंलाई दियो १६६ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको