हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर « Khabarhub

हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उनकी बहिनीकी छोरी, बेलायतकी सांसद ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर भएका छन् ।

उनीहरुलाई सरकारी जग्गा टाउनसिप परियोजनासम्बन्धी भ्रष्टाचार आरोपमा ढाका विशेष अदालतले क्रमशः पाँच वर्ष र दुई वर्षको जेल सजाय तोक्दै दोषी ठहर गरेको हो । 

विशेष न्यायाधीश रबिउल आलमले हसिनाले प्रधानमन्त्री पदको दुरुपयोग गरेको र सिद्दिकले आफ्नी ठूलीआमालाई सरकारी परियोजनामा जग्गा प्राप्त गर्न प्रभावशाली रूपमा सहयोग गरेको ठहर गर्दै सजाय सुनाएका हुन्।

यसै मुद्दामा सिद्दिककी आमा शेख रेहानालाई सात वर्षको जेल सजाय सुनाइएको छ र अदालतले उनलाई परियोजनामा प्रमुख संलग्न व्यक्तिका रूपमा उल्लेख गरेको छ । यस प्रकरणमा अन्य १४ जना पनि संलग्न रहेको बताइएको छ । 

बेलायतको संसद्मा लन्डनका ह्याम्पस्टेड तथा हाईगेट क्षेत्रको प्रतिनिधित्व गर्ने सिद्दिकले यी सबै आरोपहरू यसअघि नै अस्वीकार गर्दै यसलाई बनावटी आरोपमा आधारित राजनीतिक प्रतिशोध बताउँदै आएकी थिइन्। ठूली आमासँगको सम्बन्धकै कारण ठूलो राजनीतिक दबाब परेपछि उनले जनवरीमा मन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

पूर्व प्रधानमन्त्री हसिनालाई गत वर्ष जनविद्रोह दमनका क्रममा संलग्न मानवता विरुद्धका अपराधका लागि नोभेम्बरमा मृत्युदण्ड सुनाइएको छ र उनी भारतमा निर्वासनमा बसिरहेकी छन् । उनीमाथिका सबै मुद्दा अनुपस्थितिमै चलाइएका हुन् । 

सोमबारको फैसलामा हसिना, रेहाना र अन्य अभियुक्तहरूले आफूहरूको प्रतिनिधित्वका लागि कुनै प्रतिरक्षा वकिल खटाएका थिएनन् । रेहानासमेत विदेशमै बसिरहनुभएको छ भने सिद्दिकका दुई दाजुभाइ र बहिनी पनि गत वर्षको विद्रोहसम्बन्धी अन्य आरोपका कारण विदेशमै छन् ।

त्यसैगरी, सोही टाउनसिप परियोजनासँग सम्बन्धित तीनवटा छुट्टै मुद्दामा ढाकाकै अर्को अदालतले नोभेम्बर २७ मा हसिनालाई २१ वर्षको जेल सजाय सुनाइसकेको छ । उक्त फैसलामा उहाँका छोरा र छोरीलाई समेत पाँच–पाँच वर्षको जेल सजाय तोकिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  २ : ०० बजे

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज