स्वास्थ्मन्त्री र श्रीलङ्काका राजदूत डेल्पिटियाबीच भेटवार्ता, आपसी सहयोगबारे छलफल  « Khabarhub

स्वास्थ्मन्त्री र श्रीलङ्काका राजदूत डेल्पिटियाबीच भेटवार्ता, आपसी सहयोगबारे छलफल 


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका लागि लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत उवान्ती डेल्पिटियाबीच  शिष्टाचार भेटवार्ता भएको छ ।  

भेटका क्रममा, श्रीलङ्कामा  भर्खरै, डिटवाश समुद्री आँधीको प्रभावले आएको विनाशकारी बाढीबाट  भएको क्षतिबारे महामहिम राजदूतले जानकारी गराएका थिइन् । साथै, राजदूतले नेपाल सरकारले हालसम्म गरेको सहयोगप्रति धन्यवाद दिँदै थप सहयोगको लागि पनि अनुरोध गरेकी छन् । 

यता स्वास्थ्यमन्त्री गौतमले श्रीलङ्कामा हालसालै सो प्रकोपबाट हुन गएको धनजनको क्षतिप्रति  श्रीलङ्का सरकार तथा जनताप्रति गहिरो दुःख र समवेदना व्यक्त गर्दै विपद्को यस अवस्थामा थप सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ३ : ५३ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र