राष्ट्रियसभा अध्यक्ष दाहालसँग प्रमुख निर्वाचन आयुक्त भण्डारीको भेट « Khabarhub

राष्ट्रियसभा अध्यक्ष दाहालसँग प्रमुख निर्वाचन आयुक्त भण्डारीको भेट


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आज दिउँसो आयुक्त भण्डारीले भेट गरेका हुन् । भेटमा भण्डारीले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आयोगले गर्नुपर्ने तयारी र भए गरेका काम कारबाहीको बारेमा जानकारी दिएको अध्यक्षको निजी सचिवालयले जनाएको छ ।  

साथै उनले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि आयोगले गरिरहेका कामका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा अध्यक्ष दाहालले निर्वाचन आयोगको सक्रियता र पहलकदमीले निर्वाचनको राम्रो माहोल बनेको भन्दै निर्वाचन सफल बनाउन आयोगको काम प्रशंसनीय रहेको बताए। साथै अध्यक्ष दाहालले निर्वाचनको काममा राष्ट्रियसभाले आवश्यक सहयोग गर्न तयार रहेको बताए।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ४ : ३३ बजे

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्  । 

रसुवा बाढीमा सम्पर्कविहीन यातायात श्रमिकको खोजी गर्न माग

काठमाडौं- तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंसी, मैलुङ,

बाढीको जोखिमपछि काठमाडौंबाट पश्चिम जाने गाडी होल्ड (तस्बिरहरू)

काठमाडौं– चीन तर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ

रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं- रसुवामा बुधबार बिहान अचानक आएको ठूलो बाढी प्रवेश गर्नुअघि

रसुवा बाढीपछि प्रधानमन्त्रीले बोलाए विपद्को आपतकालीन बैठक

काठमाडौं– भोटेकोशी नदीमा बाढी आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले आपतकालीन बैठक