पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला « Khabarhub

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला हुने भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘लगानीको सम्वर्द्धन र उद्योग व्यवसायको प्रवर्द्धन’ नारासहित ‘नेपाल मणिपाल अस्पताल ३४ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औँ क्यान इन्फोटेक २०८२’ मेला आयोजना हुने सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष गोकर्ण कार्कीले आज मेलास्थल पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजित पत्रकार सम्मेलनमा लगानीको नयाँ सम्भावना खोजी गरी गण्डकी प्रदेशको अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताए । उनले मेला मङ्सिर २१ गतेसम्म सञ्चालन हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

अध्यक्ष कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरण पुनः पुरानै अवस्थामा फर्काउनका लागि मेला उपयोगी हुने विश्वास व्यक्त गरे ।

उनले भने “जेनजी प्रदर्शनपछि निजी क्षेत्र सङ्कटमा छ । उद्योगी÷व्यवसायीको मनोबल बढ्न सकेको छैन । मेलाका माध्यमबाट अर्थतन्त्र चलायमान बनाउने तथा व्यवसायीको मनोवल वृद्धि गरी लगानीका नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्य राखेका छौँ ।”

मेलामा सूचना प्रविधि क्षेत्रका नयाँ उत्पादन, घरायसी सामान, स्वदेशी हस्तकला र महिला उद्यमीका उत्पादन, अटो र औद्योगिक उत्पादनहरू रहने छन् । सङ्घले विसं २०४२ देखिको मेला गर्दै आएको छ । अध्यक्ष कार्कीले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहरको रूपमा विकास गर्न मणिपाल अस्पतालसँगको सहकार्यमा मेला आयोजना भइरहेको बताए ।

पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं नेपाल मणिपाल अस्पतालका ‘लियाजन अफिसर’ कृष्णमोहन श्रेष्ठले नेपालकै पुरानो संस्थागत मेलासँग मणिपालको सहकार्यले पोखरालाई स्वास्थ्यको केन्द्र बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।

क्यान महासङ्घ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामार्फत नयाँ युगको आवश्यकता सम्बोधन गर्ने प्रयत्न गरिने बताए । उनले भने, “मेलामा सूचना प्रविधि क्षेत्रमा पछिल्लो समय बजारमा आएका उत्पादन प्रदर्शनीमा राखिने छन् । मेलास्थलबाट सूचना प्रविधिसम्बन्धी नवीन जानकारी दिनेछौँ ।”

पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव शोभा गौतमले यस क्षेत्रको समग्र पर्यटन प्रवर्द्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने र यस क्षेत्रको मौलिक संंस्कृति प्रदर्शन गरिने जानकारी दिए ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  १० : ३४ बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा