पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान « Khabarhub

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाट प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति चन्द्रबहादुर थापासहित ४ जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। एक जना २ लाख धरौटीमा रिहा भएका छन्।

आपराधिक उपद्रव तथा डाँका–चोरीसम्बन्धी अभियोगमा अदालतले थुनामा पठाइएका मध्ये एक नाबालक, बिना (विमला) सापकोटा, चीनबहादुर खवास र रास्वपाका वडा सभापति चन्द्रबहादुर छन्। उनका भाइ हरिबहादुर थापा भने धरौटीमा छुटेका छन्।

जेनजी आन्दोलनको दोस्रो दिन पोखरामा सरकारी तथा निजी संरचनामा व्यापक तोडफोड, आगजनी र लुटपाट भएको थियो। मेयर आचार्यको घर, गाडी, निजी व्यवसायदेखि वरपिपल रिसोर्ट, बगैंचा रिसोर्ट, अंशुभरा स्क्वायर, होटलहरू, स्टलहरू, घरहरू र सरकारी कार्यालयहरू लक्षित आक्रमण भए। विभिन्न व्यक्तिले प्रमाणसहित ३० वटा किटानी जाहेरी दिएका छन्।

कास्कीमा हालसम्म ५७ जना पक्राउ परेका छन्, जसमा १४ जना पुर्पक्षमा, १४ जना धरौटीमा र २९ जना अझै अनुसन्धानमा छन्। सरकारी कार्यालयमा मात्र झण्डै २ करोडभन्दा बढी र निजी क्षेत्रमा करिब साढे ३ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको अनुमान छ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ११ : १९ बजे

बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका