किसानको धान खरिदमा चुनौती « Khabarhub

किसानको धान खरिदमा चुनौती


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सिरहा– यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखामा यसवर्ष किसानको धान खरिदमा चुनौती देखिएको छ । 

सरकारले तोकेको समर्थन मूल्य स्थानीय व्यापारीले किसानलाई दिएको भन्दा बढी भएपछि किसानहरू खाद्य व्यवस्थालाई धान बिक्री गर्न आकर्षित भएका हुन् । तर शाखालाई प्राप्त न्यून कोटाका कारण किसान मारमा पर्ने देखिएको छ ।

खाद्य कम्पनी लहान शाखाका प्रमुख दीपक सुनारका अनुसार, शाखाले यस वर्ष १२ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने कोटा पाएको छ । गत वर्ष ४० हजार क्विन्टलको कोटा प्राप्त गरेको थियो । विभागबाट न्यून कोटा तोकिएका कारण किसानको धान खरिद गर्न कठिनाइ हुने उनको भनाइ छ ।

गतवर्ष किसानले स्थानीय व्यापारीलाई बढी मूल्य दिएका थिए । त्यसले गर्दा खाद्य कम्पनीमा थोरै मात्र धान बिक्रीका लागि ल्याएका थिए । यसवर्ष भने स्थानीय व्यापारीले सरकारले तोकेको मूल्य भन्दा कम मूल्य दिएको छ । कम्पनीले रु तीन हजार ६२८ प्रति क्विन्टलको समर्थन मूल्य तोकेको छभने व्यापारीले प्रति क्विन्टल दुई हजार आठ सयमा मात्र खरिद गरिरहेका छन् ।

शाखा प्रमुख सुनारले भने, ‘सीमित कोटाले गर्दा किसानको चाप र धान बिक्रीका लागि भीड नियन्त्रण गर्न जटिल हुने देखिन्छ ।’

तराईको खाद्यान्न बजार भारतीय बजारबाट प्रभावित हुने भएकाले भारतबाट सस्तोमा धान खरिद गर्न पाउँदा नेपाली किसान सधैँ समस्यामा पर्दै आएका छन् । व्यापारीले सस्तोमा धान खरिद गर्ने नीति अपनाएपछि यहाँका किसान सरकारी समर्थन मूल्यमा बिक्री गर्न खाद्य कम्पनीलाई कुरेर बसेका छन् । 

सोमबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको प्राथमिक खरिद समितिको बैठकले धानको कोटा बढाउन पहल गर्ने निर्णय गरेको छ । 
 

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १२ : ४६ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स