निर्वाचन बिथोलिन दिँदैनौँ : गृहमन्त्री अर्याल « Khabarhub

निर्वाचन बिथोलिन दिँदैनौँ : गृहमन्त्री अर्याल


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– गृहमन्त्री ओमप्रकाश अर्यालले लुटिएका हतियार र भागेका कैदीबन्दीका कारण निर्वाचनलाई बिथोलिन नदिने बताएका छन् ।
    
धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीका विषयमा धेरै अतिरञ्जित गर्न जरुरी नभएको उल्लेख गरे ।  
 
जेनजी आन्दोलनको घटनामा लुटिएका ७२७ थान हतियार फिर्ता भइसकेको र चार हजार ५५२ कैदीबन्दी फिर्ता हुन बाँकी रहेको जानकारी दिँदै उनले फरार बाँकी कैदीबन्दीलाई पक्राउ गर्न ‘अप्रेसन’ चलाइएको र लुटिएका थप हतियार पनि फिर्ता हुने क्रममा रहेको बताए। 

लोकतान्त्रिक पद्धतिमा चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै उनले भने, ‘सरकारले वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको छ, कसैलाई पनि काखा र पाखा नगरी सबैका कुरा सुनिरहेका छौँ, सबैका भावना समेट्दै चुनावमा होमिसकेका छौँ ।’

उनले विधिको शासन, हस्तक्षेप मुक्त प्रशासनसहित सुशासन कायम गरी तोकिएको समयमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु सरकारको मुख्य उद्देश्य रहेको स्पष्ट पारे।

गृहमन्त्री अर्यालले कुशासन बेथितिका विरुद्ध जेन-जी युवाहरूले उठाएका माग र भदौ २३ र २४ गतेको घटनापश्चात् गृह प्रशासनले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाहको प्रभावकारितामा निष्ठापूर्वक काम गरिरहेको बताए ।  

नागरिक र सुरक्षाकर्मी बीचको सम्बन्ध सुदृढ हुँदै गएको बताउँदै उनले भने, ‘सुरक्षाकर्मीको मनोबल उच्च भयो भने मात्र नागरिक र राष्ट्रको मनोबल पनि उच्च हुन्छ ।’ 

उनले तोकिएको समयमा निर्वाचनको वातावरण बनाउने काममा प्रदेश सरकारको भूमिका पनि महत्वपूर्ण हुनेमा जोड दिए । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले निर्वाचनको वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले भने,’निर्वाचनमार्फत देशलाई सही मार्गमा लैजान सकिने भएकाले सबै एकजुट भएर निर्वाचनको वातावरण जरुरी छ ।’ 

आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले नेपाल सरकारले दलहरूसँग समन्वय गरेर सुरक्षाको उचित वातावरण बनाउनुपर्ने बताउनुभयो । सुरक्षा गोष्ठी गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालको अध्यक्षतामा सुरु भएको छ । 

गोष्ठीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, नेपाली सेनाका बलाधिकृत, नेपाली सेना सुदूरपश्चिम पृतना हेडक्वाटरका पंतनापति, गृहमन्त्रालयका कर्मचारी, प्रदेशका नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखको सहभागिता छ । गोष्ठीमा प्रदेशस्तरीय सुरक्षा चुनौती लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १ : १३ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान