नेपाली नागरिक बोकेको बस भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु « Khabarhub

नेपाली नागरिक बोकेको बस भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको उत्तर प्रदेश राज्यमा नेपाली नागरिक सवार बस दुर्घटना हुँदा तीन जानको ज्यान गएको छ । दुर्घटनामा अरु २४ जना घाइते भएका छन् ।

सुनौलीबाट राजधानी दिल्लीतर्फ जाँदै गरेको बस उत्तर प्रदेशको बलरामपुर जिल्लामा ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको हो ।

न्यानो लुगा बोकेर असमतर्फ जाँदै गरेको ट्रकसँग ठोकिएपछि उक्त बस बिजुुलीको हाइटेन्सन तारसँग सम्पर्कमा आएको थियो ।

बिजुलीको हाइटेन्सन तार छोएपछि दुबै सवारीमा आगलागी भएको इण्डिया टुडेले जनाएको छ । आगलागीले बस खरानी भएको थियो ।

प्रत्यक्षदर्शीहरुले केही यात्रु बसको झ्यालको शिशा फोरेर भाग्न सफल भएको जनाएका छन् ।

तत्कालै उद्धारकर्ता र प्रहरी घटनास्थल पुगेका थिए । उद्धारकर्ताले घाइतेको उद्धार गरी नजिकैको अस्पताल पुर्‍याएका थिए । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १ : ५९ बजे

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा