मन्त्री यादवको प्रश्न– एउटा कम्युनिष्टले सरकार बनाउने, अर्कोले कालो झण्डा देखाउने गर्न मिल्छ ? « Khabarhub

मन्त्री यादवको प्रश्न– एउटा कम्युनिष्टले सरकार बनाउने, अर्कोले कालो झण्डा देखाउने गर्न मिल्छ ?


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले मुलुकको विकासका लागि नेपालका सबै कम्युनिष्ट शक्तिहरु एकै ठाउँमा आउनुपर्ने बताएका छन् ।

सिरहाको कर्जन्हामा सामुदायिक रेडियो गङ्गाजलको उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री यादवले एउटा कम्युनिष्ट पार्टी सरकार बनाउने र अर्को कम्युनिष्ट पार्टीले कालो झण्डा देखाएर विरोध गर्नुपर्ने अवस्थाको अन्त्य गरी मुलुकको विकास र समृद्धिका लागि एउटै ठाउँमा आउनुपर्ने बताए ।

देशको विकासमा समय खर्च गर्नुपर्नेमा विरोध र विवादमा समय खर्चिदा विकासमा बाधा पुगेको उनको भनाइ थियो ।

सरकारले मुलुकलाई समृद्ध बनाउने गरी काम गरिरहेको भन्दै मन्त्री यादवले जनताको जीत हुने गरी स्थानीय तहले काम गर्नुपर्ने बताए ।

कार्यक्रममा कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवानको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यद्वय जगतप्रसाद यादव र प्रमोद यादव, पूर्वमन्त्री महेन्द्र पासमान, पूर्वसांसद रामकुमार पासमान, मिर्चैया नगरपालिकाका प्रमुख श्रवण यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ७ : २० बजे

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका

स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एकजना नियन्त्रणमा

सिरहा–  सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी