जनकपुरको ‘प्लेअफ’ पुग्ने आशा जीवितै छ : अनिल शाह « Khabarhub

जनकपुरको ‘प्लेअफ’ पुग्ने आशा जीवितै छ : अनिल शाह


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ ।  लगातार चार खेलमा पराजित भएर सङ्कटमा परेको जनकपुरले आज पाँचौँ खेलमा पहिलो जित हात पार्‍यो । 

जनकपुरले चितवन राइनोजलाई छ विकेटले पराजित गर्दै अङ्कतालिकामा खाता खोल्दै दुई अङ्क पनि जोड्यो । यो जितले जनकपुरको गणितीय हिसाबले भए पनि ‘प्लेअफ’को झिनो आशा बढेको छ । बाँकी रहेका दुई खेलमा फराकिलो जित निकालेर मात्रै त्यो सम्भावना सम्भावना रहने नभई जनकपुरले अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने छ । 

आजको जितमा अनिल शाह ‘म्याच विनर’ बने । ६१ रन हिर्काउनुका साथै एक विकेट पनि झारेका अनिल ‘प्लेयर अफ द म्याच’ समेत चुनिए । जितपछि सञ्चारकर्मीसँगको कुराकानीमा शाहले ‘प्लेअफ’को सम्भावना बाँकी रहेको बताए ।

‘अझै दुई खेल बाँकी छन् । ती खेल जितेर प्लेअफमा पुग्ने सम्भावनालाई कायमै राख्छौँ ।  लगातारको हारले टोलीको मनोबल खस्किएको भए पनि आजको जितले आगामी खेलमा सहज हुनेछ’, उनले भने, ‘पछिल्ला खेलहरूमा रन ननिस्किँदा त्यही दबाब महसुस गरेको थिए । आज टिम ब्याक गर्दा रन पनि निस्किनु मेरो लागि खुसीको क्षण हो ।’

पाँचौँ खेलमा तेस्रो हारपछि चितवन राइनोजको ‘प्लेअफ’को बाटो साँघुरो बन्न थालेको छ । बाँकी दुई खेलमा उसले जित निकाल्नुपर्ने दबाब बढेको छ ।

आजको हारपछि चितवनका विदेशी खेलाडी डेबिड मालनले आगामी दुई खेल जित्दा ‘प्लेअफ’ पुग्ने सम्भावना रहेकाले जित निकाल्न मेहनत गरिने बताए  । 

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ६ : ०४ बजे

गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

विश्वकप लिग-२ : ओमानविरुद्धको खेलका लागि क्यानले टिकट दर घटायो, अब २०० मात्रै

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदानमा

मन्त्रिपरिषद् बैठक बस्दै : के छ कार्यसूची

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक

कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते

कैलाली – कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित ‘च गाउँ’ मा रहेको

सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको प्रश्न : घर नै छैन, स्कूल कसरी जाऊँ ?

काठमाडौँ – सरकारको निर्णयअनुसार शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट