हात्ती महोत्सवमा हात्तीमाथिको यातना रोक्न सन्नी लियोनीको आग्रह « Khabarhub

हात्ती महोत्सवमा हात्तीमाथिको यातना रोक्न सन्नी लियोनीको आग्रह


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रूरता र पशु यातनाको अन्त्य गर्न आग्रह गरेकी छन्। 

पशु अधिकारको क्षेत्रमा कार्यरत संस्था पेटा एसियामार्फत उनले महोत्सवमा हात्तीहरूलाई पिट्ने, हिर्काउने र अस्वभाविक क्रियाकलापमा बाध्य पार्ने जस्ता  कार्यको अन्त्य गर्नुपर्ने बताएकी हुन्। 

लियोनीले भनिन्, ‘चितवन हात्ती महोत्सवमा सहभागी हुँदा खुसी हुनुपर्ने कारण छैन, किनकि कार्यक्रमको लागि हात्तीहरूलाई यातना दिइन्छ।’

पेटा एसियाले सामाजिक सञ्जालमार्फत सन्नी लियोनीको अभिव्यक्तिलाई सेयर गर्दै सबैलाई महोत्सवलाई करुणा, शिक्षा र विस्मयको उत्सवमा रूपान्तरण गर्न आह्वान गरेको छ। 

सन्नी लियोनी लामो समयदेखि पशु अधिकारको क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। सन् २०१६ मा उनलाई पेटा एसियाले ‘पर्सन अफ द इयर’ घोषणा गरेको थियो। उनी पेटा इन्डियाको शाकाहारी जीवन प्रवर्धन, भुवाविरोधी अभियान, र कुकुर–बिरालोको बन्ध्याकरणविरुद्धको पहलमा पनि सक्रिय सहभागी रहँदै आएकी छिन्।

चितवन हात्ती महोत्सव वर्षेनी  सौराहमा आयोजना हुने गर्छ । विगतमा यसमा हात्ती दौड, पोलो तथा हात्ती ब्युटी पेजेन्ट कार्यक्रम गरिन्छ। यस वर्ष पनि महोत्सव हुने तयारी भइरहेको समयमा पेटा एसियाले पशु कल्याणतर्फ चासो देखाएको छ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ५ : २४ बजे

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल