मार्कले प्रहार गरे अर्धशतक, एनपीएलमा उनको प्रदर्शन कस्तो छ ? « Khabarhub

मार्कले प्रहार गरे अर्धशतक, एनपीएलमा उनको प्रदर्शन कस्तो छ ?


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सका मार्क वाटले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

सिजनको २१ औं खेलमा अर्धशतक हान्ने क्रममा मार्कले २२ बलमा ३ चौका ५ छक्काको सहयोग ५० रन पूरा गरेका हुन् । जारी सिजनको उनी नै सर्वाधिक रनकर्ता हुन् ।

उनले लुम्बिनी लायन्सविरुद्ध अविजीत ११४ रन जोड्दै शतक प्रहार गरेका थिए । यस सिजनको उनी नै पहिलो शतक प्रहार गर्ने खेलाडी हुन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेको कर्णाली २०१ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा छ । यस सिजनको अघिल्ला पाँच खेलमा उनको ब्याटिङ चलेको लुम्बिनीविरुद्ध मात्रै हो ।

उनले काठमाडौं गोर्खाजविरुद्ध ३०, विराटनगर किङ्सविरुद्ध ६, सुदूरपश्चिम रोयल्सविरुद्ध १७ र चितवान राइनोजविरुद्ध १६ रन जोडेका थिए ।

रोचक कुरा मार्क वाट स्कटल्यान्डका बलर हुन् । २९ वर्षीय वाट अहिले पनि अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ६ : ३२ बजे

कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै 

सुर्खेत– कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न

एलाइट कप क्रिकेट प्रतियोगिता बुधबारदेखि 

मोरङ– कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल