‘अभिमन्यु : च्याप्टर १’को बुकिङ खुला « Khabarhub

‘अभिमन्यु : च्याप्टर १’को बुकिङ खुला


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी शुक्रबार अर्थात् मंसिर १८ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुलेको छ ।

हलहरुले मंगलबारबाटै अग्रिम टिकट बुकिङ खुलाएका हुन् । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स र दोस्रो ठूलो चेन आईएनआई यो फिल्मलाई शुक्रबारका लागि समान ११–११ शो छुट्याएका छन् ।

शुक्रबारसम्म यी चेनका हलहरुले थप शो बढाउने सम्भावनमा देखिन्छ । वान सिनेमाज र विग मुभिज अन्तर्गतका हलहरुले पनि टिकट बुकिङ खुलाएका छन् ।

विभिन्न कारणले चार पटक प्रदर्शन मिति फेरिएको यो फिल्म अब भने प्रदर्शनमा आउने पक्का भएको छ ।

गत सोमबार यस फिल्मको प्रिमियर आयोजना गरिएको थियो । प्रिमियरमा उपस्थितहरुले यो फिल्मलाई मन पराएका थिए ।

यस फिल्ममा नायक कामेश्वर चौरासिया, नायिकाहरु लक्ष्मी बर्देवा, सरिता गिरी र गौमाया गुरुङ शीर्ष भूमिकामा रहेका छन् ।

मुकेश खनालले लेखेको यो फिल्मको निर्देशक सुशान्त गौतम हुन् । निर्माताहरु विनोद पौडेल र गुञ्जन गिरी हुन् ।

पौडेल नेपाली फिल्म इतिहासकै सर्वाधिक व्यापार गर्ने ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता मध्ये एक हुन् । यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शनमा आउने निर्माण पक्षले बताएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : ०९ बजे

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ ।

काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले गत जेठ महिनामा सञ्चालित ‘स्वीप

नेपाललाई जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने

‘फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिक मारमा परे यसलाई पुनर्विचार गर्दै छौँ’ 

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐन

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले घेरे वेल 

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन् ।