भारतको महाराष्ट्र र हरियाणामा आज विधानसभा चुनाव « Khabarhub

भारतको महाराष्ट्र र हरियाणामा आज विधानसभा चुनाव


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतका दुई राज्य हरियाणा र महाराष्ट्रमा आज नयाँ विधानसभाका लागि चुनाव शुरु भएको छ । महाराष्ट्रमा भाजपा र शिवसेना गठबन्धनको सरकार छ भने हरियाणामा भाजपाको बहुमतसहितको सरकार छ ।

महाराष्ट्रको २८८ सिटयुक्त विधानसभाको कार्यकाल नोभेम्बर ९ मा सकिँदैछ । सोमबार सबै २८८ सिटका लागि मतदान भइरहेको छ। हरियाणा विधानसभाको कार्यकाल नोभेम्बर २ मा समाप्त हुँदैछ । कुल ९० सिट रहेको हरियाणा विधानसभाका सबै सिटका लागि सोमबार नै मतदान शुरु भएको छ ।

मतगणना अक्टोबर २४ हुनेछ । महाराष्ट्रका ८९५ लाख मतदाताका लागि ९५ हजार ४७३ मतदान केन्द्र तय गरिएको छ । यस्तै हरियाणाका १८२ लाख मतदाताका लागि १९ हजार ४२५ मतदान केन्द्रको व्यवस्था गरिएको चुनाव आयोगले उल्लेख गरेको छ ।

महाराष्ट्रमा भाजपा–शिवशेना गठबन्धन र कांग्रेस–एनसिपी (नेशनलिस्ट कांग्रेस पार्टी) गठबन्धनबीच मुख्य चुनावी प्रतिस्पर्धा भएको छ । यसैगरी हरियाणामा सत्तारुढ भाजपा, कांग्रेस इन्डियन नेशनल लोकदल (ओमप्रकाश चौटाला) र जननायक जनता पार्टीबिच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै सोमबार नै १८ राज्यका ५१ विधानसभा सिट र लोकसभाका दुई सिटका लागि उपचुनाव हुँदैछ ।

उत्तर प्रदेशका ११, गुजरातका ६ बिहारका पाँच, असमका चार, हिमाञ्चल प्रदेश र तमिलनाडूका दुई–दुई, पञ्जाबका चार, केरलका पाँच, सिक्किमका तीन तथा राजस्थानका दुई विधानसभा सिटमा मतदान हुँदैछ । यस्तै अरुणाञ्चल प्रदेश, मध्य प्रदेश, ओडिशा, छत्तिसगढ, पुदुचेरी, मेघालय र तेलंगानाका एक एक सिटमा मतदान हुँदैछ । यसैगरी बिहारको समस्तीपुर र महाराष्ट्रको सतारा लोकसभा सिटका लागि पनि उपचुनावको मतदान हुँदैछ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ९ : ०२ बजे

रविलाई भेटेपछि मोदीले लेखे : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ

काठमाडौं- पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

रविले भेटे भारतीय प्रधानमन्त्री मोदीलाई

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र

ओलीले प्रधानमन्त्री बालेनलाई भने- नेपाल तपाईंको घरको सम्पत्ति होइन

काठमाडौं–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले

कुनै बेला पर्यटकको आकर्षण इरानको केशम द्वीप, जहाँ अमेरिकाले बर्साइरहेको छ बम

तेहरान- अमेरिकाले इरानको केशम द्वीपलाई निशाना बनाइरहेको छ। करिब १,४४५

म्यानमाबाट आएको ड्रोन थाइल्यान्डमा विस्फोट, तीन आप्रवासीको मृत्यु

बैंकक– म्यानमाको गृहयुद्धमा प्रयोग गरिएको एक ड्रोन छिमेकी मुलुक थाइल्यान्डमा