लुम्बिनीलाई विराटनगरले दियो १४५ रनको लक्ष्य « Khabarhub

लुम्बिनीलाई विराटनगरले दियो १४५ रनको लक्ष्य


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको विराटनगर किङ्सले १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको हो । 

विराटनगरका दुवै ओपनर जर्ज मुन्से र फाफ डुप्लेसी सस्तैमा आउट भए । मुन्से पहिलो ओभरका दोस्रो बलमा रनको खाता नखोली आउट भए । उनी शेर मल्लको बलको शिकार भए । 

अर्का ओपनर फाप २ ओभरको अन्तिम बलमा दोस्रो विकेटका रुपमा आउट भए । उनले ९ बल खेल्दा २ चौका हान्दै १२ रन जोडे । उनी अविषेक गौतमको बलमा क्याच आउट भए । 

विराटनगरको तेस्रो विकेटका लागि लुम्बिनीले ८ ओभर ४ बलको संघर्ष ग¥यो । लोकश बम र साम हिजलेटले तेस्रो विकेटका लागि ५२ बल खेल्दै ५५ रनको साझेदारी गरे । ११ ओभर ४ बलमा आउट तेस्रो विकेटका रुपमा आउट भएका लोकेशले ४१ बल खर्चेर ३५ रन जोडे ।

साम हिजलेट २० बलमा २७ रन जोड्न १ चौका र २ छक्का प्रहार गरे । 

तेस्रो ओभरमा लुम्बिनीका शेर मल्लले २ विकेट लिएपछि विराटनगरको ब्याटिङ धर्मराएको थियो । शेरले उक्त ओभरको पहिलो बलमा नारायण जोशी र तेस्रो बलमा साम हिजलेटलाई आउट गराएका थिए । नारायणले ७ बलमा ५ रन जोडे । 

विराटनगर १३ ओभरको दोस्रो बलमा ४ विकेट क्षतिमा ८२ रनको अवस्थामा पुगेको पछि क्रिजमा बसिर अहमद पुगेका थिए । उनले १९ बलमा २८ रन जोडेर टिमको ब्याटिङ उकासे । 

विराटनगरका प्रतिस जीसीले ११ र मर्चेन्ट डी लाङ्गेले १० रन जोडे । रन आउट भएका सहिल पटेलले ३ र एक बल सामना गरेको सन्दीप लामिछानेले १ छक्का प्रहार गरे ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ५ : ३७ बजे

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप

काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट– फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप