सर्टको अर्धशतकले लुम्बिनीको जित, विराटनगरको दोस्रो हार « Khabarhub

सर्टको अर्धशतकले लुम्बिनीको जित, विराटनगरको दोस्रो हार


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध ओपनर डीआर्सी सर्टको अर्धशतकमा लुम्बिनी लायन्सले ५ विकेटको जित निकालेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १४५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १४५ रन बनाएको हो ।

जितसँगै लुम्बिनीको प्लेअपमा पुग्ने सम्भावना बढेको छ । यो टिम ६ अंकसहित तालिकाको चौथौ स्थानमा पुगेको छ । यो टिमले प्लेअफको खेल खेल्न अन्य टिमहरुको जितहारमा निर्भर हुनुपर्छ ।

यो विराटनगरको दोस्रो हार हो । यसअघिका पाँच खेलमा विराटनगरले चितवन राइनोजसँग मात्रै हारेको थियो । कर्णाली याक्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज र पोखरासँग जित निकालेको थियो ।

लुम्बिनी लायन्सको यो तेस्रो जित हो । यसअघिका पाँच खेलमा लुम्बिनीले पोखरा एभेन्जर्स र चितवन राइनोजलाई जितेको थियो । सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र कर्णाली याक्ससँग हारेको थियो ।

यस जितमा लुम्बिनीका ओपनर डीआर्सी सर्टको ब्याटिङ निर्णायक बन्यो । उनले सिजनको व्यक्तिगत अर्धशतक प्रहार गर्दै ४४ बलमा ५७ रन जोडे । उनले ६ चौका र २ छक्का प्रहार गरे । उनी १३ ओभरको दोस्रो बलसम्म क्रिजमा टिके ।

लुम्बिनीका सन्दीप जोराले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन जोडे । दलीप नाथले ११ बलमा १६ रन जोडे । निरोशन डिकवेलाले २२ बलमा अविजीत २९ रन जोडेर टिमलाई १९ ओभरअघि नै जित देखाए ।

सहज लक्ष्य पाएको लुम्बिनीलाई यी चार खेलाडीको ब्याटिङले जित टिमको पक्षमा आएको हो । ओपनर सुमित महर्जनले ११ बलमा १० रन जोडे ।

लुम्बिनीका कप्तान रोहित पौडेलको ब्याटिङ आजको खेलमा चलेन । उनी ३ बल सामना गरेर रनको खाता नखोली आउट भए ।

बलिङतर्फ २ विकेट लिएका विराटनगरका सुवास बोहोराले सुमित महर्जन र कप्तान रोहित पौडेललाई आउट गराए ।

विराटनगरका सन्दीप लामिछानेले सर्वाधिकत रन बनाउने सर्ट र सन्दीप जोराको गरी २ विकेट लिए । बसिर अहमदले दिलीप नाथको एक विकेट लिए ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ७ : २२ बजे

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद