कैलालीका सीमानाकामा सुरक्षा जाँचमा कडाइ « Khabarhub

कैलालीका सीमानाकामा सुरक्षा जाँचमा कडाइ


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलालीसँग जोडिएका नेपाल–भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ । जिल्लास्थित सीमानाकामा भारतबाट नेपाल प्रवेश गर्नेलाई जाँचमा कडाइ गरिएको हो ।

सीमावर्ती नाकाबाट परिचय नखुलेका शङ्कास्पद व्यक्ति तथा समूह अवैध तरिकाले प्रवेश गर्न सक्ने हुँदा सुरक्षा निकायबाट जाँचमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

‘सुरक्षा चुनौतीलाई दृष्टिगत गरेर जाँचमा कडाइ गरिएको हो’, उनले भने, ‘शङ्कास्पद व्यक्ति वा समूह जिल्लाभित्र प्रवेश गरेको देखिएमा नजिकको सुरक्षा निकायहरूमा जानकारी गरी सहयोग गरी दिनुहुन सबैमा अनुरोध गरिन्छ ।’

परिचय नखुलेका अपरिचित व्यक्ति वा समूह तथा समुदायलाई आफ्नो घरमा बसोबास नगराउन तथा कुनै कामकाजमा नलगाउन जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ११ : २९ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)