पोखराका भीम सार्कीको आक्रामक ब्याटिङले काठमाडौंलाई दियो १६६ रनको लक्ष्य « Khabarhub

पोखराका भीम सार्कीको आक्रामक ब्याटिङले काठमाडौंलाई दियो १६६ रनको लक्ष्य


१८ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाजका भीम सार्कीको आक्रामक ब्याटिङले १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन बनाएको हो । 

काठमाडौं १३ ओरभरमा ५ विकेटको क्षतिमा ७९ रनको अवस्थामा रहेका बेला भीम सार्की क्रिजमा गएका थिए । उनले ९ बलमा ५ चौका र ४ चौकाको सहयोगमा ५१ रन बनाउँदै अर्धशतक प्रहार गरेका हुन् ।

यस इनिङमा उनले २३ बलमा ५५ रन प्रहार गर्न ५ चौका र ४ छक्का प्रहार गरे । उनकै आक्रामक ब्याटिङले काठमाडौं उकासिएर १६५ रनको बलियो अवस्थामा आइपुगेको हो । 

ब्याटरहरु लगालग आउट भए पनि ओपनर बेन चार्ल्सवर्थ ब्याटिङ सम्हालेका थिए । उनी १८ ओभरको ५ बलसम्म टिकेर ५५ बलमा ५ चौका र २ छक्काको सहयोगमा ६४ रन जोडेर आउट भए ।

ओपनर आकाश त्रिपाठी डक पहिलो ओभरको तेस्रो बलमा डक आउट भए । ४ ओभरको अन्तिम बलमा रसिद खान सस्तैमा आउट भए । उनले १२ बल खर्चेर ७ रन जोडे । 

मिलिन्द कुमारको ब्याटिङ पनि पोखराविरुद्ध चलेन । १४ बलमा १३ रन बनाएर उनी आउट भए । जोन सिम्पसन  २ र मोहम्मद आदिल आलम ७ रनमै आउट भए । 

आदिल आउट भएपछि क्रिजमा आएका भीम र बेनले छैटौं विकेटका लागि ७६ रनको बलियो साझेदारी गरे । उनीहरुले ५ ओभर २ बलको साझेदारी गरेका हुन् ।

बलिङतर्फ पोखराका धनञ्जय लक्ष्मणले सर्वाधिक ४ विकेट लिए । उनकै बलमा काठमाडौंका ओपरन आकाश र आक्रामक ब्याटर देखिएका भीम सार्की आउट भए । 

कप्तान कुशल भुर्तेलले मिलिन्द कुमार र जोन सिम्पसनको गरी २ विकेट लिए । विपीन खत्रीले सर्वाधिक रनकर्ता बनेका बेनको विकेट लिए । किरण ठगुन्नाले एक विकेट लिए । 

चार ओभर बलिङ गरेका आकाश चन्दले विकेटविहीन रहेर ४२ रन खर्चिए । ऋषि धवनले पनि ४ ओभर बलिङ गर्दा ३९ रन खर्चिए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  १ : ३४ बजे

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप

काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट– फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप