जेन-जी आन्दोलनमा जलाइएको भाटभटेनी गोदाम तीन महिनामै खुल्यो (तस्बिरहरू) « Khabarhub

जेन-जी आन्दोलनमा जलाइएको भाटभटेनी गोदाम तीन महिनामै खुल्यो (तस्बिरहरू)


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनमा भएको तोडफोड, लुटपाट र आगजनीका कारण क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटले तीन महिनापछि आफ्नो गोदाम पुनः सञ्चालनमा ल्याएको छ । बालुवाटारस्थित मुख्य गोदाम रुद्री पूजा गरी आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ ।

नेपालकै सबैभन्दा ठूलो सुपरमार्केट मानिने भाटभटेनीका १२ स्टोरमा आन्दोलनका क्रममा करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो । 

आगजनी र तोडफोडका कारण बिग्रिएका संरचना, भण्डारण प्रणाली र सामानको व्यवस्थापन पुनः निर्माण तथा मर्मतपछि गोदाम सञ्चालनमा आएको हो । 

व्यवस्थापनका अनुसार ठूलो आर्थिक नोक्सानीका बाबजुद सेवा प्रवाहलाई नियमित बनाउन काम तीव्र गतिमा अघि बढाइएको थियो । 

आजदेखि गोदाम सञ्चालनमा आएपछि प्रभावित स्टोरहरूको आपूर्ति प्रणाली पनि क्रमशः सहज हुने भाटभटेनीले जनाएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ४ : ०२ बजे

आयोगको नजरमा नेपालको गुप्तचर निकाय ‘फेलियर’

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबारे

जेन-जी आन्दोलनमा संलग्न रास्वापाका १५ सांसद अनुसन्धानको दायरामा

काठमाडौं– जेन-जी आन्दोलनमा संलग्नता रहेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीका १५

एशियन महिला छनोट : चीनमाथि नेपालको जित

काठमाडौं– नेपाली  महिला टोलीले एशियन गेम्स महिला छनोटअन्तर्गत चीनमाथि १९

अदालतमा गोला प्रक्रिया निरन्तर

काठमाडौं– सर्वोच्च अदालतले गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन प्रक्रियाबारे पुनर्विचार गर्ने सोच

ओली, लेखक र गुरुङलाई मानवअधिकार उल्लंघनको कारबाही गर्ने कानुन नै छैन

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा