बिजुलीको पैसा तिर्नै सकस « Khabarhub

बिजुलीको पैसा तिर्नै सकस


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– आइतबार विद्युत् कार्यालय घोराही वितरण केन्द्रमा विद्युत्को महसुल बुझाउन आएकी घोराही–६ का हर्कबहादुर डाँगीले गुनासो गर्दै भने, “हामीले सरकारलाई पैसा बुझाउँछौँभन्दा पनि यति सास्ती खेप्नुपर्ने ?”

विद्युत् कार्यालय घोराही वितरण केन्द्रमा घण्टौँ लाइनमा बस्दा पनि पालो नआएपछि उनको आक्रोश झन् बढेको थियो । “रु ५० टेम्पुलाई तिरेर आएको जाँदा ५० तिर्ने हो । रु १०० विद्युत् महसुल बुझाउन अरु रु १०० खर्च हुन्छ, अझ दिनभरिको समय पनि त्यत्तिकै बित्ने गर्दछ ।”

उनले गाउँमा किराना पसलको ढोका बन्द गरेर महसुल बुझाउन आएको हुँदा रकमभन्दा पनि एक महीनाको विद्युत् महसुल बुझाउन एक दिन पूरै खर्च गर्नुपर्दा आफूजस्ता हरेक सेवाग्राहीलाई अन्याय भएको बताए ।

घोराही–१ रामपुरबाट विद्युत् महसुल बुझाउन आएकी हुन् । हरिमाया केसीको व्यथा पनि उस्तै थियो । गाडी चढेर १२ बजे कार्यालयमा आएकी उनले ३ बजे मात्रै पालो पाएकी थिइन् । लगातार तीन घण्टासम्म लाइनमा बस्दा निकै थकाइ महसुस भएको उनले सुनाइन्।

विद्युत् कार्यालय घोराही वितरण केन्द्रमा घोराही उपमहानगर र बङ्गलाचुली गाउँपालिका गरी करीब ३६ हजार विद्युत्का ग्राहक छन् । विद्युत् ग्राहकको सङ्ख्याको आधारमा भन्दा पनि प्रत्येक दिन विद्युत् कार्यालयमा एक हजार २०० भन्दा बढी ग्राहक महसुल बुझाउनका लागि आइपुग्छन् तर कार्यालयमा विद्युत् बुझाउने काउन्टर भने दुईवटा मात्रै छ । यसले गर्दा महसुल तिर्नेको भीडभाड हिजोआज सधैँजसो हुने गरेको सेवाग्राही बताउँछन् । काउन्टरदेखि निकै परसम्म महिला–पुरुषको छुट्टाछुट्टै लाइन लागेका हुन्छन् ।

कार्यालयले दुई महीनाभन्दा बढी समय विद्युत् नबुझाउनेको फटाफट लाइन काट्ने अभियान थालेको हुँदा भीड बढेको हुनसक्ने जनाएको छ ।

विद्युत् कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म समयमा विद्युत् नतिर्ने घोराही १४ र १५ नं वडाका करीब तीन दर्जन ग्राहकको लाइन काटिसकेको छ ।

कार्यालयका सूचना अधिकृत बमबहादुर बुढाथोकीले अब अभियानअन्तर्गत नियमित महसुल नबुझाउनेको लाइन काट्न शुरु गरिसकेको हुँदा महसुल बुझाउन छुटेकाहरु पनि तिर्न आउने क्रम बढेको बताए ।

यस्तै विद्युत् कार्यालयमा बढेको भीडको परिणाम पनि लाइन काट्ने अभियान भएको उनले बताए । “अब कार्यालयले मासिक विद्युत् महसुल बुझाउनुपर्ने र दुई महीनाभन्दा बढी समय महसुल नबुझाए लाइन काट्ने अभियान थालेपछि भीड बढेको हो”, उनले भने, “हामीले नियमित विद्युत् नबुझाउनेलाई कारवाहीको दायरामा ल्याउन थालेपछि सेवाग्राही तिर्नका लागि आउने गरेका छन् ।”

केही समय अगाडिसम्म चार काउन्टरबाट विद्युत् महसुल उठाइरहेको कार्यालयमा अहिले दुई काउन्टर बन्द भएका छन् भने दुईबाट मात्र सेवा प्रवाह भइरहेको छ ।

सूचना अधिकृत बुढाथोकीले दिएको जानकारीअनुसार एक कर्मचारीको सरुवा भएपछि र अर्का एक बिरामी भएर उपचारका लागि गएपछि बाध्यतावश दुई काउन्टर बन्द गर्नुपरेको बताए ।

पछिल्लो समय विद्युत् कार्यालयले कम्प्युटर प्रणालीमार्फत विद्युत् महसुल काट्ने र बुझ्ने गर्न थालेपछि काउन्टरमा तालीमप्राप्त कर्मचारीले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ । अहिले विद्युत् कार्यालयमा ५६ कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ११ : ४१ बजे

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपीभी खोप लगाइयो

नेपालगञ्ज– बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध

ट्रकको ठक्करबाट दुई युवकको मृत्यु, चालक फरार 

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार

प्रसाईंको जवाफ : आरजुसँग अढाई वर्षअघि भेटेको फोटो अहिले भाइरल बनाइदिए

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका मालिक

झाडीमा परिणत भएको गोरखकाली टायर उद्योग (तस्बिरहरू)

गोरखा- २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर