अनुहारमा चायापोतोको समस्याले दिक्क हुनुहुन्छ ? यसरी गर्नुस् केयर « Khabarhub

अनुहारमा चायापोतोको समस्याले दिक्क हुनुहुन्छ ? यसरी गर्नुस् केयर


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुन्दर आकर्षक अनुहार होस् भन्ने चाहना महिला र पुरुष दुवैमा हुन्छ । त्यसैले पनि सुन्दर र आकर्षक देखिन चाहन्छ । तर आकर्षक र सुन्दर अनुहारका लागि अनुहारको छालाको राम्रोसँग केयर गर्नेहरु भने कमै हुन्छन् ।

जसकारण मानिसको अनुहारमा चायापोतो र डण्डीफोर आउने गर्छ । आफ्नो छालाको केयर नगर्दा धेरै युवायुवतीहरुमा कालो दाग ( चायापोतो) आउने समस्या देखिन्छ । चिकित्सकका अनुसार अनुहारमा पोतो भएपछि उपचारका लागि आउने युवायुवतीहरु बढेका छन् ।

किन आउँछ चायापोतो ?

–घामको किरण अनुहारमा बढी भएमा,

–कपालमा मेहेन्दी लगाउदा,

–कपालमा लगाएको तोरी वा अमलाको तेल अनुहारमा परेमा,

–महिनावारी सम्बन्धी समस्या भएमा,

–राती समयमा नसुतेमा,

–परिवार नियोजनका साधन प्रयोग गरेमा,

–घरका आमा वा बुबा तथा अन्य सदस्यमा पनि पोतो आउने समस्या भएमा,

–जथाभावी रुपमा कमसल खालका कस्मेटिक सामग्री प्रयोग गरेमा ।

मानिसको अनुहारमा पोतो आउने मुख्य कारणहरु यी नै हुन् । यी मध्ये कुनैपनि कारणले मानिसको अनुहारमा पोतो आउन सक्छ ।

कसरी गर्ने केयर ?
चायापोतोको उपचारका लागि सबैभन्दा पहिला चायापोटो आउनुको कारण पत्ता लगाउनु पर्छ । यदी घामको किरण,मेहेन्दी लगाउँदा, कपालमा तेल लगाउदा, राती समस्यमा नसुतेको कारणले चायापोतो आएको छ भने चायापोतोबाट बच्न ती कुराहरुबाट बच्नुपर्छ ।

यस्तै महिनावारी गडबढी, परिवार नियोजनका साधनको प्रयोगका कारणले चायापोतो आएको छ भने त्यससम्बन्धि समस्याको पहिला उपचार गर्नुपर्छ । यस्तै वंशाणुगत गुणका कारण चायापोतो आएको छ भने पनि यसको उपचार सम्भव छ ।

यी सबै कारणको उपचारका लागि छात्रारोग विशेषज्ञ चिकित्सकको परामर्शमा उपचार गराउनु उपयुक्त हुन्छ । औषधि र उपचारले मात्र चायापोतो सधैका लागि ठिक हुँदैन । त्यसैले चायापोतो आउने कारणहरुबाटै बच्नु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १२ : ०७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना