जाजरकोटका सातै स्थानीय तहमा नेकपाको एकता सम्पन्न « Khabarhub

जाजरकोटका सातै स्थानीय तहमा नेकपाको एकता सम्पन्न


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जाजरकोटका सातै स्थानीय तहको एकता सम्पन्न गरेको छ ।

शनिवार बिहान सम्पन्न भएको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भेरी नगरपालिकाको अध्यक्षमा मुकुन्द शर्मा र सचिव ललित विक, नलगाड नगरपालिका अध्यक्षमा गणेश सिंह, सचिव जनकबहादुर शाही, छेडागाड नगरपालिका अध्यक्षमा जयराम न्यौपाने र सचिव प्रेमबहादुर खत्री, जुनिचाँदे गाउँपालिका अध्यक्षमा जयबहादुर घर्ती, सचिव गणेश शर्मा, कुशेगाउँपालिका अध्यक्षमा गुम्ब सिंह र सचिव नरबहादुर मल्ल र बारेकोट गाउँपालिका अध्यक्षमा हरिबहादुर थापा र सचिव भक्तबहादुर बस्नेतलाई चयन गरेको छ ।

त्यस्तै शिवालय गाउँपालिका अध्यक्षमा रङ्गनाथ योगी, सचिव गोपाल घर्ती रहनुभएको (नेकपा) जाजरकोटका सहइञ्चार्ज नीरज आचार्यले जानकारी दिए । त्यसैगरी जिल्लामा सात कार्यालय टिमसमेत गठन गरिएको छ । कार्यालय टिममा ढकवीर राना, करवीर शाही, प्रताव जैशी, वेदबहादुर शाही, चन्द्र थापा, प्रेम घर्ती र जनकराज शर्मा रहेका छन् ।

त्यस्तै जिल्ला समितिको सचिवालयमा ४५ जनालाई समावेश गरिएको छ । १६ लाई वैकल्पिक सचिवालयमा समावेश गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र समन्वय सचिवालयमा क्षेत्र नं १ मा संयोजक नरबहादुर बस्नेत अध्यक्ष र अमर ओली सचिव छन् । त्यस्तै क्षेत्र नं २ मा संयोजक चन्द्र थापा र सचिवमा मोतीलाल ओली रहेका छन् ।

२२ विभाग, १४ जनसङ्गठन, वडा कमिटीका इन्चार्जसमेत तोकिएको सहइञ्चार्ज आचार्यले जानकारी दिए । त्यस्तै बैठकले पालिकास्तरीय प्रशिक्षण कात्तिक ५ र ६ गते नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा गर्ने भएको छ ।

कात्तिक ५ गते नलगाड नगरपालिका कर्णाली प्रदेशका सहइन्चार्ज कालीबहादुर मल्ल र जाजरकोट सहइञ्चार्ज नीरज आचार्यले प्रशिक्षण दिनेछन् भने बारेकोट गाउँपालिकामा आचार्यले दिनुहुने बैठकले निर्णय गरेको छ । दुई दिनसम्म चलेको बैठकले एकता टुङ्गो लगाएको हो । एकता सम्पन्न गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जाजरकोट आएका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ११ : ४८ बजे

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका

स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एकजना नियन्त्रणमा

सिरहा–  सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी