जाजरकोटका सातै स्थानीय तहमा नेकपाको एकता सम्पन्न « Khabarhub

जाजरकोटका सातै स्थानीय तहमा नेकपाको एकता सम्पन्न


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जाजरकोटका सातै स्थानीय तहको एकता सम्पन्न गरेको छ ।

शनिवार बिहान सम्पन्न भएको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भेरी नगरपालिकाको अध्यक्षमा मुकुन्द शर्मा र सचिव ललित विक, नलगाड नगरपालिका अध्यक्षमा गणेश सिंह, सचिव जनकबहादुर शाही, छेडागाड नगरपालिका अध्यक्षमा जयराम न्यौपाने र सचिव प्रेमबहादुर खत्री, जुनिचाँदे गाउँपालिका अध्यक्षमा जयबहादुर घर्ती, सचिव गणेश शर्मा, कुशेगाउँपालिका अध्यक्षमा गुम्ब सिंह र सचिव नरबहादुर मल्ल र बारेकोट गाउँपालिका अध्यक्षमा हरिबहादुर थापा र सचिव भक्तबहादुर बस्नेतलाई चयन गरेको छ ।

त्यस्तै शिवालय गाउँपालिका अध्यक्षमा रङ्गनाथ योगी, सचिव गोपाल घर्ती रहनुभएको (नेकपा) जाजरकोटका सहइञ्चार्ज नीरज आचार्यले जानकारी दिए । त्यसैगरी जिल्लामा सात कार्यालय टिमसमेत गठन गरिएको छ । कार्यालय टिममा ढकवीर राना, करवीर शाही, प्रताव जैशी, वेदबहादुर शाही, चन्द्र थापा, प्रेम घर्ती र जनकराज शर्मा रहेका छन् ।

त्यस्तै जिल्ला समितिको सचिवालयमा ४५ जनालाई समावेश गरिएको छ । १६ लाई वैकल्पिक सचिवालयमा समावेश गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र समन्वय सचिवालयमा क्षेत्र नं १ मा संयोजक नरबहादुर बस्नेत अध्यक्ष र अमर ओली सचिव छन् । त्यस्तै क्षेत्र नं २ मा संयोजक चन्द्र थापा र सचिवमा मोतीलाल ओली रहेका छन् ।

२२ विभाग, १४ जनसङ्गठन, वडा कमिटीका इन्चार्जसमेत तोकिएको सहइञ्चार्ज आचार्यले जानकारी दिए । त्यस्तै बैठकले पालिकास्तरीय प्रशिक्षण कात्तिक ५ र ६ गते नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा गर्ने भएको छ ।

कात्तिक ५ गते नलगाड नगरपालिका कर्णाली प्रदेशका सहइन्चार्ज कालीबहादुर मल्ल र जाजरकोट सहइञ्चार्ज नीरज आचार्यले प्रशिक्षण दिनेछन् भने बारेकोट गाउँपालिकामा आचार्यले दिनुहुने बैठकले निर्णय गरेको छ । दुई दिनसम्म चलेको बैठकले एकता टुङ्गो लगाएको हो । एकता सम्पन्न गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जाजरकोट आएका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ११ : ४८ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।