एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै « Khabarhub

एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

प्लेअफ पुग्न दुवै टिममाथि जित्नै पर्ने दबाब


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा खेल हुँदैछ।

त्रिवि क्रिकेट मैदानमा रोहितकुमार पौडेलको कप्तानीको लुम्बिनी लायन्स र आरिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सले अपराह्न ४ बजे प्रतिस्पर्धा गर्नेछन् ।

तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको जनकपुर दुवै टिम प्लेअफको दौडमा छन् । लुम्बिनी ६ खेल खेल्दा ६ अंकसहित तालिकाको चौथो स्थानमा छ भने पाँच खेल मात्र खेलेको जनकपुरले दुई अंक मात्र जोडेको छ ।

आजको खेल जितेमा लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टिम बन्नेछ । जनकपुर विजयी भएमा यो निर्णयका लागि अन्य खेल र रनरेट हेर्नुपर्ने हुन्छ ।

यसअघि नै सुदूरपश्चिम, काठमाण्डु र विराटनगर प्लेअफमा प्रवेश गरिसकेका छन् ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुँदै छ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ। प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ६ : ०० बजे

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप

काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट– फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप