एनपीएल बलिङमा सर्वाधिक १२ विकेट लिने यी हुन् चार नेपाली खेलाडी « Khabarhub

एनपीएल बलिङमा सर्वाधिक १२ विकेट लिने यी हुन् चार नेपाली खेलाडी

सन्दीपलाई अविनास, साहब र करणको टक्कर


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा ३२ मध्ये २५ खेल सकिँदा बलिङमा नेपाली खेलाडीको दबदबा देखिएको छ। चर्चित लेग स्पिनर सन्दीप लामिछानेलाई अन्य चार जना बलरले टक्कर समान विकेट लिएर टक्कर दिइरहेका छन्।

२४ खेलको समाप्तिमा सर्वाधिक १२ विकेट लिने खेलाडीको शीर्ष सूचीमा समान विकेट लिँदै चार खेलाडी प्रतिस्पर्धा गरिराखेका छन्।

अहिलेसम्म सन्दीप लामिछाने, अविनास बोहरा, साहब आलम र करण केसीले समान १२–१२ विकेट लिएका छन्। रनरेटका आधारमा सन्दीप पहिलो नम्बरमा छन् भने बोहरा दोस्रो, आलम तेस्रो र केसी चौथो स्थानमा छन्।

सन्दीप लामिछाने र अविनास बोहोराले समान ६–६ खेल खेल्दा १२ विकेट हात पारेका हुन्। सन्दीपले २४ ओभरमा १४४ बल फाल्दा १२३ रन खर्चिएर १२ विकेट लिएका हुन् भने १९ ओभर एक बल बलिङ गरेका बोहराले ११५ बल फाल्दा १३४ रन खर्चिएर १२ विकेट हात पारेका हुन्।

सात खेल खेलेका आलमले २४ ओभर बलिङ गर्दा १५२ रन दिएर १२ विकेट हात पारेका छन्। उनले १२ विकेट लिँदा १४४ बल फालेको देखिन्छ।

सात खेल खेलेका करण केसीले २७ ओभर १ बलमा १६३ बल फाल्दै १२ विकेट हात पारेका हुन्। उनले १२ विकेट लिँदा १९८ रन खर्चिएका छन्।

रोचक त के छ भने १२ विकेट लिने चार नेपाली खेलाडी रहेका तीन टिम नै प्लेअफमा प्रवेश गरिसकेका छन्। १२ विकेट हात पर्ने सन्दीप विराटनगरका कप्तान हुन् भने करण काठमाण्डुका कप्तान हुन्। अविनाश सुदूरपश्चिमबाट खेल्छन् भने साहब आलम काठमाडौंका बलर हुन्।

साहब आलमले चितवनविरुद्ध बिहीबार ह्याट्रिक पूरा गर्दै एउटै खेलमा ६ विकेट लिएर एनपीएलमा नयाँ रेकर्ड कायम गर्दै १२ विकेट लिएका हुन् ।

लामिछाने, आलम र केसी राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्य हुन् भने बोहरा पछिल्लो केही समय राष्ट्रिय टिममा पर्न नसकेका खेलाडी हुन्।

सर्वाधिक विकेट लिने खेलाडीको पाँचौ नम्बरमा भने अमेरिकी मिलिन्द कुमार छन् उनले १० विकेट लिएका छन्। अर्का अमेरिकी खेलाडी हरमित सिंह र नेपाली बलर नन्दन यादवले समान नौनौ विकेट लिएका छन्।

एनपीएलको दोस्रो सिजनको बलिङमा नेपाली खेलाडीको दबदबा भए पनि ब्याटिङमा भने विदेशी खेलाडी अगाडि छन्।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ७ : ३४ बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र