एनपीएल बलिङमा सर्वाधिक १२ विकेट लिने यी हुन् चार नेपाली खेलाडी « Khabarhub

एनपीएल बलिङमा सर्वाधिक १२ विकेट लिने यी हुन् चार नेपाली खेलाडी

सन्दीपलाई अविनास, साहब र करणको टक्कर


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा ३२ मध्ये २५ खेल सकिँदा बलिङमा नेपाली खेलाडीको दबदबा देखिएको छ। चर्चित लेग स्पिनर सन्दीप लामिछानेलाई अन्य चार जना बलरले टक्कर समान विकेट लिएर टक्कर दिइरहेका छन्।

२४ खेलको समाप्तिमा सर्वाधिक १२ विकेट लिने खेलाडीको शीर्ष सूचीमा समान विकेट लिँदै चार खेलाडी प्रतिस्पर्धा गरिराखेका छन्।

अहिलेसम्म सन्दीप लामिछाने, अविनास बोहरा, साहब आलम र करण केसीले समान १२–१२ विकेट लिएका छन्। रनरेटका आधारमा सन्दीप पहिलो नम्बरमा छन् भने बोहरा दोस्रो, आलम तेस्रो र केसी चौथो स्थानमा छन्।

सन्दीप लामिछाने र अविनास बोहोराले समान ६–६ खेल खेल्दा १२ विकेट हात पारेका हुन्। सन्दीपले २४ ओभरमा १४४ बल फाल्दा १२३ रन खर्चिएर १२ विकेट लिएका हुन् भने १९ ओभर एक बल बलिङ गरेका बोहराले ११५ बल फाल्दा १३४ रन खर्चिएर १२ विकेट हात पारेका हुन्।

सात खेल खेलेका आलमले २४ ओभर बलिङ गर्दा १५२ रन दिएर १२ विकेट हात पारेका छन्। उनले १२ विकेट लिँदा १४४ बल फालेको देखिन्छ।

सात खेल खेलेका करण केसीले २७ ओभर १ बलमा १६३ बल फाल्दै १२ विकेट हात पारेका हुन्। उनले १२ विकेट लिँदा १९८ रन खर्चिएका छन्।

रोचक त के छ भने १२ विकेट लिने चार नेपाली खेलाडी रहेका तीन टिम नै प्लेअफमा प्रवेश गरिसकेका छन्। १२ विकेट हात पर्ने सन्दीप विराटनगरका कप्तान हुन् भने करण काठमाण्डुका कप्तान हुन्। अविनाश सुदूरपश्चिमबाट खेल्छन् भने साहब आलम काठमाडौंका बलर हुन्।

साहब आलमले चितवनविरुद्ध बिहीबार ह्याट्रिक पूरा गर्दै एउटै खेलमा ६ विकेट लिएर एनपीएलमा नयाँ रेकर्ड कायम गर्दै १२ विकेट लिएका हुन् ।

लामिछाने, आलम र केसी राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्य हुन् भने बोहरा पछिल्लो केही समय राष्ट्रिय टिममा पर्न नसकेका खेलाडी हुन्।

सर्वाधिक विकेट लिने खेलाडीको पाँचौ नम्बरमा भने अमेरिकी मिलिन्द कुमार छन् उनले १० विकेट लिएका छन्। अर्का अमेरिकी खेलाडी हरमित सिंह र नेपाली बलर नन्दन यादवले समान नौनौ विकेट लिएका छन्।

एनपीएलको दोस्रो सिजनको बलिङमा नेपाली खेलाडीको दबदबा भए पनि ब्याटिङमा भने विदेशी खेलाडी अगाडि छन्।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ७ : ३४ बजे

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप

काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट– फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप