मधेशमा सरकार गठनको दौड : मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन « Khabarhub

मधेशमा सरकार गठनको दौड : मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आज दाबी पेस गर्दैछन् । प्रदेश प्रमुखले तोकेको अवधि अनुसार दलले आज साँझ ५ बजेसम्म दाबी पेस गर्न सक्ने छन् । 

समयसीमा नजिकिँदै जाँदा मधेशका राजनीतिक दल आन्तरिक रणनीति मिलाउन बिहानैदेखि निरन्तर छलफलमा छन्।

एमालेबाहेक सात दलीय गठबन्धनले साझा उम्मेदवार टुङ्ग्याउन प्रयास गरेका छन् ।

पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि सर्वोच्च अदालतले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठन प्रक्रियामा अगाडि बढेको हो । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेपछि दलहरु छलफलमा जुटेका हुन्।

सर्वोच्चले यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो। विश्वासको मत जुटाउन नसक्ने अवस्था देखेपछि मुख्यमन्त्री पदबाट यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा सरकार गठन प्रक्रिया सुरु भएको हो ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ८ : १२ बजे

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर