दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन « Khabarhub

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।

उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलो पटक गत कात्तिक १६ गतेदेखि यही कात्तिक ३० गतेसम्म समय दिएर सूचना प्रकाशन गरेकामा समय थप गरी यही मङ्सिर ५ गतेसम्म बढाएको थियो । तर सो समयमा पनि उम्मेदवारको निवेदन पर्न सकेको छैन ।

‘उपकुलपति पदको दुई पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन । त्यसैले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राध्यापक तथा विद्यावारिधि भई काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तान कृपया निवेदन दिनुहोस् । वा मलाई नै सम्पर्क गर्नुहोस्’, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज सार्वजनिक आह्वान गरेका छन्।

सङ्घीय संसदबाट पारित ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ११ : २१ बजे

बुद्धका सन्देश व्यवहारमा उतार्न सकेमात्रै दिगो शान्ति सम्भव : राष्ट्रपति पौडेल

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेलले अहिंसा, मैत्री, करुणा र प्रज्ञाको सन्देशलाई

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर- ललितपुरको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी

सुकुम्वासीको अधिकारका लागि आन्दोलन घोषणा, जेठ ७ देखि देशव्यापी आमहड्ताल गर्ने चेतावनी

काठमाडौं- भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको अधिकार सुनिश्चित गर्न

मध्य पूर्व द्वन्द्व चरम उत्कर्समा, अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा वृद्धि : डब्ल्यूएचओ

जेनेभा- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पछिल्लो समयमा मध्य पूर्वको द्वन्द्व

झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा- कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३