टोरन्टोमा हुने ‘सिने स्टार अवार्ड २०२०’ का लागि दर्ता आह्वान « Khabarhub

टोरन्टोमा हुने ‘सिने स्टार अवार्ड २०२०’ का लागि दर्ता आह्वान


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‍ं – क्यानडामा आयोजना गर्न लागिएको पहिलो ‘सिने स्टार अवार्ड २०२०’ को फिल्म दर्ताका लागि आह्वान गरिएको छ । अवार्डमा सहभागिता जनाउन फिल्मकर्मीलाई आफ्ना फिल्म दर्ता गर्न आह्वान गरिएको हो ।

आउँदो जनवरी अन्तिम साता क्यानडाको टोरन्टोमा हुने अवार्डको लागि फिल्म दर्ता प्रक्रिया शुरु गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार वर्ष २०७५ भित्र प्रदर्शनमा आएका फिल्महरूले अवार्डमा भाग लिन सक्नेछन् । ‘भ्रमण बर्ष २०२०’ लाई लक्षित गरेर आयोजना गरिने अवार्ड दर्ता प्रक्रियामा सहभागी हुने फिल्मबाट निर्णायक टिमले उत्कृष्ट तीन मनोनयन गर्ने जनाइएको छ ।

आयोजक संस्था हिल्सा इन्टरटेन्मेन्टका प्रतिक बुढाथोकीका अनुसार विभिन्न १२ विधामा उत्कृष्ट तीन छनोट गरिने बताए । अवार्डको निर्णायकमा मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी रहेका छन् ।

यस्तै अवार्ड कार्यक्रममा उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सिनेमाटोग्राफी, सम्पादन, संगीत, पार्श्व गायक, पार्श्व गायिका, सह-अभिनेता, सह-अभिनेत्री प्रतिस्पर्धी विधा समावेश गरिने जनाइएको छ ।

अवार्ड समारोहमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ भने निर्णायक टिमले जुरी अवार्ड समेत प्रदान गर्नेछ ।

जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको समेत सहकार्यमा हुने अवार्डले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्नमा भूमिका खेल्ने आयोजकको विश्वास छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  १२ : ५३ बजे

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ– जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२