जेन-जी आन्दोलनपछि पहिलो पटक ओली-देउवा भेट « Khabarhub

जेन-जी आन्दोलनपछि पहिलो पटक ओली-देउवा भेट


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता चलिरहेको छ।

एमाले अध्यक्ष ओली अहिले देउवालाई भेट्न उनको अस्थायी निवास महाराजगञ्ज पुगेका छन् ।

देउवालाई भेट्न ओली महाराजगञ्ज पुग्दा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का उनकै निवासमा नेताहरूसँग छलफलमा छन् ।

स्रोतका अनुसार शुक्रबारको भेट जेन-जी आन्दोलनमा देउवामाथि भएको गम्भीर आक्रमणपछि पहिलो राजनीतिक संवादका रुपमा भएको हो।

ओली र देउवाबीच महाराजगञ्जमा एक्ला एक्लै वार्ता भइरहेको छ। एमालेबाट महाराजगञ्ज पुगेका अन्य नेताहरूबारे केही खुलेको छैन ।

‘महाराजगञ्जमा अध्यक्ष ओलीसहितका नेताहरू र सभापति देउवाबीच भेटवार्ता भइरहेको छ’, कार्यवाहक सभापति खड्कानिकट स्रोतले भन्यो , ‘आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनबारे छलफल होला। त्यस्तै फागुन २१ गते तोकिएको आमनिर्वाचनबारे पनि त्यहाँ कुरा हुने बुझिएको छ।’

एमाले अध्यक्ष ओलीनिकट स्रोतहरू अध्यक्ष देउवाको स्वास्थ्यअवस्था बुझ्न उनी महाराजगञ्ज पुगेका हुन् । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि दुई शीर्ष नेताहरू पहिलोपटक भेट भएका हुन् ।

‘आन्दोलनको राजनीतिक फेरबदलपछि भेट भएको थिएन । सन्चो बिसन्चो सोध्न पनि हाम्रा अध्यक्ष देउवा निवास जानुभएको हो’, एमालेका एक नेता भन्छ्न, ‘दुई नेताहरूबीच भेटघाट भएपछि पछिल्लो राजनीतिक अवस्थाबारे त छलफल भइ नै हाल्छ।’

गत भदौ २७ गते विघटित संसद्बारे पनि सर्वोच्च अदालतमा मुद्दा चलिरहेको अवस्थामा दुई दलका नेताबीच साझा धारणा बनाउने कोसिस भइरहेको छ । यस्तो बेलामा पछिल्लो राजनीतिक घटनाक्रम, दुईवटा निर्वाचन, संसद्बारेको मुद्दासहितका विषयमा दुई नेताबीच छलफल चलिरहेको छ।

दुई नेताबीचको छलफलमा देउवा पत्नी एवम् पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा र ओली पत्नी राधिका शाक्य पनि सहभागी छिन् ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ४ : २६ बजे

लुम्बिनीले इनिङको पहिलो बलमै गुमायो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भए कृष्णप्रसाद यादव

जनकपुरधाम- नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको

स्थानीयले बन्द गरे बालाजु बाइपास सडक (तस्बिरहरू)

काठमाडौं– एक महिना अघि काठमाडौं महानगरपालिका सडक खनेर अलपत्र गरेसँगै

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

प्रतिनिधिसभा निर्वाचनका लागि अब ९० दिन बाँकी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि