सर्वदलीय बैठकमा रास्वपाले प्रधानमन्त्रीसँग माग्यो रवि लामिछानेबारे सरकारको धारणा « Khabarhub

सर्वदलीय बैठकमा रास्वपाले प्रधानमन्त्रीसँग माग्यो रवि लामिछानेबारे सरकारको धारणा


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेबारे वर्तमान सरकारले धारणा सार्वजनिक गर्नुपर्ने माग दोहोर्याएको छ।

रास्वपाका नेतृ सोविता गौतम र नेता शिशिर खनालले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सहभागी हुँदै लामिछानेमाथि भएको भनिने ‘प्रतिशोध’का विषयमा सरकारसँग उत्तर मागिएको जानकारी गराए।

नेतृ गौतमका अनुसार, अहिलेको सरकारले गठन हुनुअघि नै वर्तमान मन्त्रिमण्डलका कतिपय सदस्यहरूले रवि लामिछानेमाथि प्रतिशोध भएको धारणा व्यक्त गरेका थिए। त्यो टिप्पणीकै आधारमा सरकारको आधिकारिक धारणा अहिले पनि अस्पष्ट रहेको भन्दै उनले प्रश्न दोहोर्याइन्।

उनले भनिन्, ‘हामीले यो विषय औपचारिक र अनौपचारिक दुबै छलफलमा उठाइसकेका छौँ। अहिलेका मन्त्रीहरूले सरकार बन्नुअघि नै ‘प्रतिशोध भयो’ भन्ने टिप्पणी गर्नुभएको छ। अब सरकार कहाँसम्म प्रतिशोध भयो भनेर देख्छ—त्यो स्पष्ट भन्नुपर्ने हुन्छ।’

गौतमले भनिन्, ‘यदि सरकारलाई लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको ठानिएको छ भने कानुनी दृष्टिले त्यसलाइ कसरी सम्बोधन गर्ने भन्ने स्पष्ट मार्ग पनि सरकारले देखाउनुपर्ने आवश्यकता छ।’

रास्वपा नेताहरूले मुलुकमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकार गम्भीरतापूर्वक लाग्नुपर्ने र पार्टी आन्तरिक रूपमा निर्वाचन तयारीमा केन्द्रित रहेको पनि बैठकमा बताए।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ८ : ३२ बजे

०४६ सालपछिका सबै काण्डको छानबिन हुन्छ : लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०४६ साल पछिका

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

काठमाडौं– राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो

महेश बस्नेतका कारण विशाल भण्डारी दोस्रो पटक तनावमा

काठमाडौं – पुराना दलहरूलाई निषेध गर्ने समूहबाट ‘केमडी नाइट विथ

एमालेले भन्यो- सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो

काठमाडौं– नेकपा एमालेले निर्वाचन नजिकिँदै जाँदा विभिन्न स्थानमा निषेधाज्ञा र

गगनलाई रविको जवाफ : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका