बालुवाटारमा गगनले भने: जेन-जीको नाममा दिनदिनै आउने धम्की सहन सकिँदैन « Khabarhub

बालुवाटारमा गगनले भने: जेन-जीको नाममा दिनदिनै आउने धम्की सहन सकिँदैन


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जीको नाममा राजनीतिक दलमाथि दिनदिनै धम्की दिने शैली सही नभएको बताएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वदलीय बैठकमा कांग्रेसको प्रतिनिधि बनेर गएका थापाले यसबारे आपत्ति जनाएका हुन्।

उनले जेन-जीका विभिन्न समूहले सरकारसँग किचकिच गर्ने र राजनीतिक दल, तीनका नेतालाई धम्क्याउने कामप्रति सरकारको ध्यानाकर्षण गराए।

‘दिनदिनै विभिन्न समूह बनेर सरकारसँग किचकिच गर्ने, राजनीतिक दल र तीनका नेतालाई धम्की दिने काम भइरहेको छ,’ बैठकमा थापाले भने, ‘हामी सरकार र यसका अंगलाई चिन्छौँ। तर‚ नेता नेतृत्व नभएको, सरकारलाई, दलहरूलाई चुनौती दिने, सरकारको कुरा नसुन्ने समूहलाई चिन्दैनौँ। उनीहरूले दिइरहने धम्की सधैँ सह्य हुँदैन।’

थापाले वर्तमान सरकार गठन र प्रतिनिधि सभा विघटनलाई कांग्रेसले असंवैधानिक ठहर गरेको पनि सुनाए। तर, उनले कांग्रेस संसद् पुनःस्थापनाको पक्षमा नभएको र चुनावमा भाग लिन तयार रहेको पनि बताए।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १० : ०६ बजे

०४६ सालपछिका सबै काण्डको छानबिन हुन्छ : लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०४६ साल पछिका

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

काठमाडौं– राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो

महेश बस्नेतका कारण विशाल भण्डारी दोस्रो पटक तनावमा

काठमाडौं – पुराना दलहरूलाई निषेध गर्ने समूहबाट ‘केमडी नाइट विथ

एमालेले भन्यो- सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो

काठमाडौं– नेकपा एमालेले निर्वाचन नजिकिँदै जाँदा विभिन्न स्थानमा निषेधाज्ञा र

गगनलाई रविको जवाफ : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका